सहकारी अभियान्ता माधवप्रसाद तिमिल्सिना समाजसेवा रत्न पदकबाट विभुषित

काठमाडौ/ राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सहकारी अभियान्ता माधवप्रसाद तिमिल्सिना समाजसेवा रत्न पदकबाट विभुषित हुनुभएको छ । राष्ट्रिय सहकारी विकास बोर्डका कार्यकारी समितिका विज्ञ सञ्चालक समेत रहनु भएका नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का सचिव माधवप्रसाद तिमिल्सिना सो पदकबाट सम्मानित हुनुभएकोमा उहाँलाई सहकारी अभियानसँग सम्बद्ध संघ/संस्था सहित विभिन्न व्यक्तिहरुले बधाई ज्ञापन गरेका छन् । विभिन्न सामाजिक संघ/संस्थामा समेत आवद्ध रहनु भएका गतिशील सहकारीकर्मी तिमिल्सिना जिल्ला सहकारी संघ लि.,ललितपुरका पूर्व अध्यक्ष तथा ललितपुरको थसिखेलमा आफ्नै भवनमा मुख्य कार्यालय रहेको प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष पनि हुनुहुन्छ ।

……………………………………………………………………..

नव वर्ष २०७९ को उपलक्ष्यमा हाम्रा शेयर सदस्य महानुभावहरु तथा कर्मचारीहरु एवं समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

Leave a Reply