साहित्यकार लीलबहादुर क्षेत्री अब सम्झनामा

‘बसाइँ’, ‘अतृप्त’, ‘ब्रम्हपुत्रका छेउछाउ’ र प्रतिध्वनिहरु विस्मृतिका’ उपन्यासका लेखक लीलबहादुर क्षेत्रीले गएराती १० बजेर १० मिनेटमा भारतको आसाम राज्यको राजधानी गुवाहाटीको मरिखालीस्थित आफ्नै निवासमा सदाका लागि आँखा चिम्लिए । गुवाहाटीको भुतनाथ घाटमा आज विहान १० बजे अन्तिम श्रद्धाञ्जली अर्पण गरि उनको पार्थीव शरीर अन्तेष्टी गरिएको जनाइएको छ । उनको निधनको खबरले साहित्यिक सर्जक र पाठकहरु स्तबध बनेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओली लगायतले साहित्यकार क्षेत्रीको निधनमा शोक व्यक्त गरेका छन् ।

सन् १९३३ मार्च १ का दिन गुवाहाटीको टकौबारीमा प्रेमबहादुर र पवित्रा देवीको कोखबाट जन्मेका लीलबहादुर क्षेत्रीले ‘शिवस्तुति’ नामक कविता रचना गरी नेपाली साहित्यमा सृजना आरम्भ गरेका थिए । ९३ वर्षको उमेरमा निधन भएका क्षेत्रीले नेपाली साहित्यको कविता सँगै कथा , निबन्ध , नाटक र उपन्यास विधामा कलम चलाएर नेपाली पाठक माझ प्रिय बनेका थिए । विशेषगरी उनका ‘बसाइँ’, ‘अतृप्त’ र ब्रम्हपुत्रका छेउछाउ’ उपन्यासले लीलबहादुर क्षेत्रीलाई पाठकको मनमा बास बसाए । जसका कारण उनी जगदम्बा श्री पुरस्कार र पद्म श्री सम्मानबाट सम्मानित भएका थिए ।

गुवाहाटी विश्वविद्यालयबाट ‘अर्थनीति’ विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका क्षेत्रीले साहित्य सृजना सँगै गुवाहाटी विश्वविद्यालयमा अर्थनीनि विषय प्राध्यापन गरेको जानकारहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *