सुनसरी क्षेत्र नं.३ एमालेकी चौधरी विजयी , विजय गच्छदारको सातौं पटक सांसद बन्ने प्रयास असफल

तेश्रो पटकको प्रयासमा नेकपा (एमाले)की भगवती चौधरी सुनसरी क्षेत्र नं.३ बाट प्रतिनिधि सभा सदस्यमा निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई ५,५३५ मतान्तरले पछि पारी विजयी हुनुभएको छ । यही मंसिर ४ज्ञगते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विजयी चौधरीले ३६,१३६ मत पाउदा उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नेता तथा पूर्व उप-प्रधानमन्त्री विजयकुमार गच्छदारले ३०,६०१ मत पाउनुभएको प्राप्त खबरमा उल्लेख छ । नेकपा (एमाले)को तर्फबाट २०६४ सालको पहिलो संविधान सभा सदस्य हुदै वन राज्यमन्त्री बनेकी भगवती चौधरी सुनसरी क्षेत्र नं.३ बाट उनै विजय गच्छदारसँग २०७० सालको संविधान सभा सदस्य र २०७४ सालको प्रतिनिधि सभा सदस्यको चुनावमा पराजित हुनुभएको थियो । चौधरी अनेरास्ववियुबाट नेकपा (एमाले)मा प्रवेश गर्नुभएको थियो । सुनसरी क्षेत्र नं.३ बाट आफ्नो उम्मेद्वारले जितेसँगै प्रतिनिधि सभा सदस्यामा नेकपा (एमाले)का ४४ जना उम्मेद्वार विजयी भएका छन् । यस्तैगरी प्रतिनिधि सभामा प्रत्यक्षतर्फबाट निर्वाचित हुने महिला उम्मेद्वारको संख्या ८ पुगेको छ ।

नेकपा (एमाले)की भगवती चौधरीसँग पराजित नेपाली कांग्रेसका नेता गच्छेदार २०४८,२०५१ , २०५६ २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेका तर्फबाट निर्वाचित हुनुभएको थियो । त्यसैगरी २०६४ सालमा सम्पन्न संविधान सभा सदस्यको निर्वाचनमा मधेसी जन आधिकार फोरम नेपाल र २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा मधेसी जन अधिकार फोरम (लोकतान्त्रिक)को तर्फबाट विजयी हुनुभएको थियो । ने.वि.संघबाट नेपाली कांग्रेको राजनीतिमा प्रवेश गरेका गच्छदार राज्यमन्त्री , मन्त्री हुदै उपप्रधान मन्त्री समेत बन्नुभएको थियो ।

Leave a Reply