
चन्द्रागिरि नगरपालिका-१२ , बलम्बुमा आफ्नै भवनबाट

सञ्चालन भइरहेको सेभ एण्ड एन्हान्स बचत तथा ऋण सहकाश्री संस्था लि.को २४औं वार्षिक साधारण सभा यही पुस १६ गते शनिबार डी.बी. भेन्यु, देथलीमा सम्पन्न भयो । सो साधारण सभामा उक्त संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सोही संस्थाका अध्यक्ष शंकर श्रेष्ठले समाजमा छरिएर रहेको स-सानो रकमलाई संकलन गरी त्यसलाई कर्जाको रुपमा प्रवाह गरी आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउने उद्देश्यले २०५६ साल असोज २६ गते २६ जना शेयर सदस्यहरुबाट सञ्चालन शुरु भएको हाम्रो यस संस्थामा यो साधारण सभासम्म आईपुग्दा महिला २,१९५, पुरुष १,७७५ र संस्थागत ९६ गरी ४,०६६ जना शेयर सदस्य तथा आर्थिक वर्ष २०७८/०७९को अन्तसम्म शेयर पूँजी रु.२,१७,८५,०००, निक्षेप संकलन रु.४२,२१,६०,८५६ र कर्जा लगानी रु.३७,६५,१८,५३५ रहेको बताउनुभयो । सो संस्थाको गतिविधि र भावी योजनाको बारेमा प्रकाश पार्दै उहाँले सहकारीको सिद्धान्त , नीति , मुल्य र मान्यतालाई आत्मसाथ गर्नुका साथै राज्यका नियामक निकायले समय-समयमा जारी गरेका नीति , निर्देशन , सल्लाह र सुझावलाई पालना गरी समुदायमा आधारित रहेर सञ्चालन भइरहेको हाम्रो यो संस्था शेयर सदस्य महानुभावहरुको साथ र सहयोगले निरन्तर प्रगतिपथमा अगाडि बढ्न सकेको भन्दै यसका लागि सबैमा आभार व्यक्त गर्नुभयो ।

उक्त संस्थाका अध्यक्ष श्रेष्ठले उद्घाटन र सञ्चालक गोपी श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको त्यस साधारण सभामा त्यसै संस्थाका कोषाध्यक्ष मधु श्रेष्ठले संस्थाको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक सुदर्शन पौडेलले संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । शेयर सदस्यहरु बीच छलफल गरी साधारण सभाबाट ती प्रतिवेदनहरु सर्वसम्मतीका साथ पारित गरियो ।

सो संस्थाले मोवाइल रिचार्ज , फोनको विल भुक्तानी र इन्टरनेटको विल भुक्तानी गर्न सक्ने गरी मोवाइल एप सञ्चालन गरेको छ ।