काठमाडौंको बलम्बुमा आफ्नै भवनमा केन्द्रीय कार्यालय तथा बलम्बु हाइवे र मच्छेगाउँ टौखेलमा सदस्य सेवाकेन्द्र सञ्चालन गरि सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेको हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्यलाई व्यवसायी बनाउने , सामाजिक कार्य गर्न र थप सेेवा सुबिधा प्रदान गर्न कार्यविधि तयारी गर्न लाागेको जनाएको छ । सो संंस्थाले आफ्नो वेबसाइट निर्माण गर्ने जस्ता कार्य गरि संस्थागत जानकारी र प्रविधिलाई अद्यावधिक गर्ने लगायतका कार्य गर्ने बताइएको छ । यसैगरी जेष्ठ सदस्य क्लव गठन गरि संस्थाका जेष्ठ सदस्यहरुलाई समन्वय गरि सक्रिय बनाउने, संस्थाका महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम शुचारु गर्ने र संस्थाका सदस्यहरुलाई बढी भन्दी बढी सेवा सुविधाका लागि स्टार हस्पिटल, दृष्टि आई केयर र सीजी इलेक्ट्रनिक्ससँग (CG Electronics] सँग सहकार्य गरेको र अरुसँग पनि सहकार्उ किस्तार हुँदै जाने बताइएको छ ।
२०८० पुस २८ गते इभर भिजन स्कुल प्राङ्गडमा सम्पन्न उक्त संस्थाको १५औँ वार्षिक साधारण सभाले ती निर्णय गरेको थियो । त्यस साधारण सभाले सोही संस्थाका अध्यक्ष नारायणकृष्ण महर्जनले प्रस्तुत गर्नुभएको संस्थाको सञ्चालक समितिको आर्थिक वर्ष २०७९/०८० को प्रतिवेदन, कोषाध्यक्ष राजमान महर्जनले प्रस्तुुत गर्नुभएको संस्थाको आर्थिक वर्ष २०७९/०८०को आर्थिक प्रतिवेदन र लेखा सुुुपरीवेक्षण समिति संयोजक राजकुमार महर्जनले प्रस्तुत गर्नुभएको संस्थाको लेखा सुपरीवेक्षण समितिको आर्थिक वर्ष २०७९/०८० को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन सदस्यहरु बीच छलफल गरि पारित गरेको थियो । ती प्रतिवेेदनमा आर्थिक वर्ष २०७८/०७९ को अन्तसम्ममा सो संस्थामा शेयर पूँजी रु.७,२०,७३,६८१, निक्षेप रकम रु.१,३१,९७,१७,४००.६९, कर्जा लगानी रु.१,४६,२६,७५,३०२ र संस्थाको सम्पत्ति रु.१,६७,६६,१०४१३.६० रहेकोमा त्यसमा वृद्धि भई आर्थिक वर्ष २०७९/०८० को अन्तसम्ममा संस्थाको शेयर रकम रु.७,६०,३८,३००, निक्षेप रकम रु.१,४६,२८,९५,३७२, कर्जा लगानी रु.१,५३,६९,२६,४०२.६७ , संस्थाको सम्पत्ति रु.१,७५,७४,५३,१५१ र संस्थाको नाफा रु.७८,०९४१८.११ रहेको र आर्थिक वर्ष २०८०/०८१ को अन्तसम्मा त्यस संस्थामा शेयर पूँजी रु.८,००,००,०००, निक्षेप रकम रु.१,५०,००,००० र कर्जा लगानी रु.१,८०,००,००,००० पु-याउने लक्ष्य रहेको उल्लेख छ ।
उक्त साधारण सभाको नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घनटन गर्नुभएको थियो । त्यस अवसरमा उहाँले सहकारी संंस्थाले सहकारी सिद्धान्त, नीति, विधि र प्रविधिलाई आत्मसाथ गरि सदस्यहरुलाई सहज ढंगबाट सेवा र सुविधा प्रवाह गर्नु पर्ने विचार व्यक्त गर्नु भएको थियो । उहाँले हसना भास्तिपुर साकोसका सबै सूचकाङ्क राम्रो रहेको र यसले छोटो समयमा उल्लेख्य प्रगति गर्न सफल भएको देख्ता खुशी लागेको भन्दै यसको थप प्रगतिको कामना गर्नुभएको थियो । यसैगरी नेफ्स्कूनका निबर्तमान कोषाध्यक्ष तथा कास्कूनका अध्यक्ष दीपक पनेरूले सहकारी संस्थाहरुले सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरि कार्य गर्नु पर्ने र सदस्यहरुले पनि हसना भास्तिपुर साकोस जस्ता सुशासनमा चलेका सहकारी संस्थामा नियमित कारोबार गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
साधारण सभामा संस्थाको सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै त्यसै संंस्थाका अध्यक्ष महर्जनले शेयर सदस्यहरुको अटुट विश्वास, साथ र सहयोग तथा कर्मचारीहरुको मेहनत र परिश्रमले गर्दा समुदायमा आधारित हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढ्न सफल भई यसले सहकारी क्षेत्रमा आफ्नै अलग्गै परिचय निर्माण गरेको भन्दै प्रशन्ननता व्यक्त गर्नुभएको थियो ।
उक्त साधारण सभाका अध्यक्ष महर्जनले नेफ्स्कूनका अध्यक्ष ढकाललाई सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गरि मायाको चिनो प्रदान गरि सम्मान गर्नुभएको थियो ।
सोही अवसरमा त्यस संस्थामा उत्कृष्ट कारोकार गरेका ६ जना सदस्य, त्यसै सश्स्थामा १० वर्ष कार्य गरेका कर्मचारीहरु, जेसीआई (JCI) मा आवद्ध २ जना र २०७९ को एसईई (SEE) मा उत्कृष्ट जीपीए (GPA)का साथ उत्तीर्ण भएका सामुदायिक विद्यालयका ४ जना छात्रछात्रालाई सम्मान गरिएको थिय ।
आँखा शिवीर सम्पन्न
हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्था लि.को १५औँ वार्षिक साधारण सभामाको अवसरमा दृष्टि आई केयरसँग सहकार्य गरि आँखा शिवीर सञ्चालन गरिएको थियो । त्यस शिविरमा उक्त संस्थाका शेयर सदस्यहरु लगायतको आँखा जाँच गरिएको थियो ।