आर्थिक विकास र समृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण हुन्छ : मन्त्री शशि श्रेष्ठ

काठमाडौं/ भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठले सहकारी आर्थिक विकास र समृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण हुने भएकोले सहकारीलाई सहकारीको मुल्य र मान्यता बमोजिम सञ्चालन गरी यसलाई जिम्मेवार बनाउनु पर्ने बताउनुभएको छ । सोमबार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन ग्रहण गर्दै मन्त्री श्रेष्ठले सहकारीले आफ्ना सदस्य केन्द्रित भएर काम गर्न आवश्यकता औंलाउदै सहकारीलाई समस्याग्रस्त हुने अवस्था आउन नदिने गरी कार्य गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्नुभयो ।

मन्त्री श्रेष्ठलाई उक्त प्रतिवेदन बुझाउदै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले सहकारीमा उत्पन्न हुन सक्ने विकृति तथा विसंगति रोकथाम गर्न सहकारी दर्ता गर्दाखेरी नै विशेष ध्यान दिनु पर्ने खाँचो औल्याउनुभयो ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मन्त्री श्रेष्ठलाई बुझाएको सो प्रतिवेदनमा सहकारी ऐन/नियम राम्रोसँग कार्यान्वयन नहुदा र सहकारीलाई सहकारीको रुपमा सञ्चालं गर्न नसक्ता सहकारी संस्था समस्याग्रस्त हुने गरेको पाइएकोले सहकारीलाई सहकारीकै रुपमा सञ्चालन गर्न र ऐन/नियमको राम्रोसँग कार्यान्वयन गराउनु पर्ने उल्लेख छ ।

राज्यका सम्बन्धित नियामक निकायबाट सहकारीको राम्रोसँग अनुगमन तथा नियमन र सहकारीको प्रवर्द्धन हुनु पर्ने आवाज सहकारी क्षेत्र भित्र उठिरहेको छ । राज्यका नियामक निकायले सहकारीको राम्रोसँग अनुगमन र नियमन गर्न नसक्ता पछिल्लो समय ललितपुरको सातदोबाटोको देउराली बहुउद्देश्यीय सहकारी संस्था लि., काठमाडौंको कुलेश्वरमा मुख्य कार्यालय गौतमश्री बचत तथा ऋण सहकारी संस्था लि., सुनसरीको धरानको बराह बचत तथा ऋण सहकारी संस्था लि. जस्ता कतिपय सहकारी संस्था समस्यामा परेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *