उपासना महिला साकोसको आयोजनामा तीजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

काठमाडौंको सितापाइलामा केन्द्रीय कार्यालय तथा रामकोट र रानीवनमा बचत संकलन केन्द्र सञ्चालन गरिरहेको उपासना महिला सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि.को आयोजनामा आईतबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो ।

सोही संस्थाकी अध्यक्ष अमरावती बलामी महर्जनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिमिटेड,नेपालकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सहकारीले समाजको आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेको बताउनुभयो । मानिसहरुको जीवनस्तर माथि उठाउने, क्षमता अभिबृद्धि गर्ने र महिलाहरूको नेतृत्व विकास गर्ने जस्ता महत्वपूर्ण योगदान गरिरहेको सहकारी क्षेत्रको विकास र प्रवर्द्धनमा लाग्नु पर्ने आवश्यकता औंल्याउनुभयो । देशभर ३० हजार भन्दा बढी सहकारी संघ/संस्था सञ्चालनमा रहेको र तीमध्ये १/२ सहकारी संस्थाले गरेको गल्ती र कमीकमजोरीले सिङ्गो सहकारी अभियान बद्नाम हुनु परेको प्रसङ्ग उल्लेख गर्दै सहकारी संघ/संस्थाहरुले धेरै राम्रा काम गरेका छन् तर तिनको राम्रोसँग प्रचार प्रसार हुन सकेको छैन’, भन्नुभयो । उहाँले आफ्ना सदस्यहरुलाई बचत तथा ऋण कारोवार, लघुवित्त , रेमिट र मोवाइल बैंकिङ सेवा प्रवाह गर्नुका साथै आफ्ना शेयर सदस्यहरुको क्षमता अभिबृद्धि गर्दै उनीहरुलाई उद्यमशील बनाउने जस्ता सिर्जनात्मक कार्य गरिरहेको उपासना महिला साकोसको सूचकाङ्क राम्रो देख्ता खुशी लागेको बताउदै सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो ।

त्यस अवसरमा उहाँले तीजको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै तीजको महत्वको बारेमा प्रकाश पार्नुभयो । त्यसै अवसरमा नागार्जुन नगरपालिका वडा नं.४ का वडा सदस्य सुन्दरमणि श्रेष्ठले यस उपासना महिला साकोसले सामाजिक तथा आर्थिक क्षेत्रमा पु-याएको योगदान महत्वपूर्ण रहेको छ भन्दै यस संस्थालाई आफ्नो साथ र सहयोग रहने बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्दै आयोजक उपासना महिला सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि.की अध्यक्ष अमरावती बलामी महर्जनले सो संस्थाले सञ्चालन गरिरहेका कार्यहरु सहित समग्र पक्षको बारेमा प्रकाश पार्नु पार्नु हुदै यो संस्थालाई यहाँसम्म ल्याइपु-याउन आ-आफ्नो ठाउँबाट साथ र सहयोग गर्नु हुने सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो । जिल्ला सहकारी संघ लिमिटेड , काठमाडौंकी सञ्चालक तथा सक्रिय सहकारी सञ्जालकी अध्यक्ष समेत रहनु भएकी उहाँले सामाजिक , आर्थिक तथा कला र संस्कृतिको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान गरिरहेको सहकारी क्षेत्रको विकास र प्रवर्द्धमा लाग्नु पर्नेआवश्यकता औंल्याउनुभयो ।

उक्त संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति , उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु, लघुवित्त संयोजक , कर्मचारी लगायत र यज्ञश्री साकोसकी सुष्मा ढकालको उपस्थिति रहेको उक्त

कार्यक्रममा त्यसै संस्थाकी रामकोट बचत संकलन केन्द्रकी प्रमुख सिर्जना बलामीले सो संस्थाको वित्तीय विवरण प्रस्तुत गर्नुभयो । उहाँले त्यस संस्थामा शेयर सदस्य ५,०९५ जना , कर्मचारी १६ जना , शेयर पूँजी रु.१,८५,३५,१००, निक्षेप संकलन रु.७,८०,३५,२२४.२२, कर्जा लगानी रु.९,३९,२०,७४३.२२, जगेडा तथा कोष रु.१६,८३,१४३.५४ , कूल सम्पति रु.१४,०२,३५,९९७, तरलता रु.११,९९,०४,६०० रहेको बताउनुभयो ।

उक्त संस्थाकी लेखा सुपरीवेक्षण समिति सदस्य शोभा लामा थापा मगरले सञ्चालन गर्नु भएको कार्यक्रममा एकल तथा सामुहिक नृत्य प्रतियोगिता सम्पन्न भयो । सो प्रतियोगितामा प्रथम हुनुभएकी त्यसै संस्थाकी कर्मचारी रुपिका सोनाम जैरुलाई पुरस्कार प्रदान गरियो भने यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जानकारी गरिएको थियो । कार्यक्रममा त्यसै संस्थाकी रानीवन संकलन केन्द्रकी प्रमुख निला तामाङ र बजार प्रतिनिधि कञ्चन रुम्बाले त्यस संस्थामा रहँदा इमान्दारीपूर्वक कार्य गर्नु भएकोले उहाँहरुलाई सम्मान-पत्र प्रदान गरी बिदाई गरिएको थियो ।

Leave a Reply