उपासना महिला साकोस नियम कानुन अनुसार सञ्चालन भइरहेको छ : अध्यक्ष महर्जन

काठमाडौं/ काठमाडौंको सितापाइलामा केन्द्रीय कार्यालय रहेको उपासना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड नियम, कानुन , विधि र पद्दती भित्र रहेर आफ्ना शेयर सदस्यहरुको हितलाई केन्द्रमा राखेर सञ्चालन भइरहेको सोही संस्थाकी अध्यक्ष अमरावती बलामी महर्जनले बताउनु भएको छ । जिल्ला सहकारी संघ लिमिटेड, काठमाडौंकी सञ्चालक तथा सक्रिय सहकारी सञ्जालकी अध्यक्ष समेत रहेकी उक्त संस्थाकी अध्यक्ष महर्जनले अलगपथसँग कुरा गर्दै संविधान, ऐन , कानुन तथा सहकारीको सिद्धान्त , मुल्य र मान्यतालाई आत्मसाथ गरी सञ्चालन भइरहेको हाम्रो यस उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.को बारेमा कसैले गलत समाचार प्रवाह गरी भ्रम फैलाउन खोजेको भन्दै त्यस्तो भ्रममा नपरी हाम्रो यस संस्थाको बारेमा सत्य तथ्य बुझ्न सबैमा अनुरोध गर्नु भएको छ । उहाँले प्रेस विज्ञप्ति जारी गरी नागार्जुन नगरपालिकाबाट अनुमती लिएर हाम्रो यस संस्थाले काठमाडौंको रामकोट र रानीवनमा आफ्नो निक्षेप संकलन केन्द्र सञ्चालन गयेको बताउनुभएको छ ‌‌।

रु.५ लाख शेयर पूँजीबाट १४ वर्ष अगाडि सञ्चालन शुरु भएको उक्त संस्थामा रु.१५ करोड भन्दा बढी कारोवार र ५,१२५ जना शेयर सदस्यहरु रहेका छन् । त्यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई उद्यमशील र स्वरोजगार बनाउने उद्देश्यले समयमा विभिन्न तालिम सञ्चालन गर्ने लगायतका विभिन्न रचनात्मक कार्य गर्दै आएको यो संस्थाले सहकारी क्षेत्रमा अलग्गै परिचय बनाएको सहकारी क्षेत्रका जानकारहरुको भनाई छ ।

Leave a Reply