काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजना र नेफ्स्कूनको साझेदारीमा २०८१ बैशाख २१ गते शुक्रबार एक दिवसीय साकोस जोखिम विश्लेषण कार्यशाला गोष्ठी (SARAW) सोही संघका अध्यक्ष दीपक पनेरूको अध्यक्षता तथा सेवा कार्यालय कलंकी ब्यबस्थापन उप-समिति सदस्य दामोदर लम्सालको आतिथ्यतामा सेवा कार्यालय ,कलंकीमा सम्पन्न भयो ।
गोष्ठीको उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै अतिथि लम्सालले साकोसमा रहेको जोखिम पहिचान गरि समाधानको पहल कदमी अपनाउन र सस्थाको जोखिम विश्लेषण गर्दै आइपर्ने समस्या र चुनौतीमा संस्थालाई सक्षम सबल बनाउनु पर्ने हामी सबैको महत्त्वपूर्ण योगदान रहने हुँदा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, उप-समिति र ब्यबस्थापन संस्थाको उद्देश्य प्राप्तिमा लाग्न अनुरोध गर्नुभएको थियो ।
गोष्ठीको अध्यक्षता गर्नु भएका काठमाडौ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष पनेरूले कार्यशालामा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै साकोसले बर्तमान अवस्थामा सामना गर्नु परेको समस्याप्रति अन्तर्कृयात्मक छलफलमा समावेश भई सञ्चालक समितिको संरचना र दायित्वमाथि प्रष्ट पार्दै सदस्यको सम्बन्धलाई निरन्तरता दिई सदैव सदस्यको बिश्वास जित्न आग्रह गर्नुभयो । सहकारी ऐन नियमावलीमा रहेर निर्णय र कार्यसम्पादन गर्नुपर्ने बताउदै उहाँले क्षमतावान कर्मचारी बनाउन साकोस लागि पर्ने विचार व्यक्त गर्नुभयोे । नेफ्स्कून र कास्कून मार्फत संस्था निरीक्षण र सुपरीवेक्षण गरि जोखिम न्यूनिकरण गर्न सहकारी संस्थाहरु स्तरीकरण कार्यक्रममा समेत आबद्ध हुन आग्रह गर्दै आवश्यक पर्दा संघको सहयोग लिन समेत सुझाव दिनुभयो । सो संघका ब्यबस्थापक अरुणकुमार तिवारीले सहजीकरण गर्नुभएको उक्त कार्याशाला गोष्ठी संघका अधिकृत सविना न्यौपानेले सञ्चालन गर्नुभयोे ।