माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

ललितपुर महानगरपालिका-११, शंखमुल आवास क्षेत्रमा आफ्नै भवनबाट सञ्चालन भइरहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को आय‍ोजनामा २०८१ बैशाख २२ गते शनिबार ललितपुरको कोन्तीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । नेपाल रेडक्रस स‍‍ोसाइटी, केन्द्रीय रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको सो रक्तदान कार्यक्रममा ३६ जना रक्तदाताले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई सो संस्थाका अध्यक्ष अधिबक्ता लक्ष्मण महर्जन लगायतले प्रमाण-पत्र प्रदान गर्नुभयो ।

‘स्थानीय समुदायमा आधारित रहेर सुशासन कायम गरी सञ्चालन भइरहेको हाम्रो यस संस्थाले सामजिक उत्तरदायित्व अन्तर्गत यो रक्तदान कार्यक्रम आय‍जना गरेको हो’, सोही संस्थाका व्यवस्थापक सुनिल महर्जनले बताउनुभयो । यो संस्थाले समय समय विभिन्न रचनात्मक सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

Leave a Reply