४ बर्षे कार्यकाल रहने गरी नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन गरी यही पुस १६ गतेबाट शुरु भएको राष्ट्रिय सहकारी बैंक लि.को १९औ वार्षिक साधारण सभा आज काठमाडौंमा सम्पन्न भएको छ । सो बैंकको १९औं वार्षिक साधारण सभाको समापन कार्यक्रमको अवसरमा आज सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष के.बी. उप्रेती , सदस्य महेन्द्रकुमार गिरी , विश्वनाथ मण्डल , रामहरि बजगाईँ, रामबहादुर जी.सी., विजया धिताल , कालीबहादुर महितारा , शिवा थापा , केदार मानन्धर , ध्रुवराज विष्ट , माधवलाल देवकोटा , मनोजकुमार थापा , अमृता सुब्बा , तारा गुरुङ र पार्वती थापा तथा लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेती तथा सदस्य केशवप्रसाद सापकोटा र चन्द्रकुमारी पराजुलीलाई निर्वाचन समितिले पद तथा गोपनियताको सपथ ग्रहण गराई विजयी प्रमाण-पत्र प्रदान ग-यो ।
त्यस अवसरमा कार्यकालको सफलताको कामना सहित उहाँहरुलाई बधाई ज्ञापन गरिएको छ । उक्त अवसरमा पुन: निर्वाचित अध्यक्ष के.बी. उप्रेतीले राष्ट्रिय सहकारी बैंक लि.को गरिमा उच्च बनाउने गरी आफू र आफू नेतृत्वको यस बैंकको टीमले कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही अवसरमा आफ्नो ४ बर्षे कार्यकाल पूरा गरेका सञ्चालक तथा लेखा सुपरीवेक्षण समिति सदस्यलाई मायाको चिनो प्रदान गरी बिदाई गरिएको थियो ।
साधारण सभाले सोही बैंकका अध्यक्ष के.बी. उप्रेतीले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति लक्ष्मीप्रसाद उप्रेतीले प्रस्तुत गर्नु भएको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पारित ग-यो ।