वचन साकोसको आयोजनामा लघुवित्त (सुष्म) परियोजना अन्तर्गत शिक्षा तथा जनजागरण कार्यक्रम सम्पन्न

काठमाडौं महानगरपालिका-३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.को लघुवित्त (सुष्म] उप-समितिको आयोजनामा १ दिवसीय लघुवित्त (सुष्म) परियोजना अन्तर्गत शिक्षा तथा जनजागरण कार्यक्रम-२०८१ तारेकेश्वर नगरपालिका-६, जीतपुरमा २०८१ असार ५ गते सम्पन्न भयो।

कार्यक्रमको अध्यक्षता गर्दै तारेकेश्वर नगरपालिका-३ का पूर्व वडाध्यक्ष समेत रहेका वचन बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक तथा लघुवित्त (सुष्म) उप-समितिका संयोजक मनोहरि तिवारीले कृषि र पशुपालन जस्ता उत्पादनमूलक कार्य गरिरहेका स्थानीयबासीहरुको जीवनस्तर माथि उठाउन सहयोग पुगोस् भनेर वचन साकोसले सञ्चालनमा ल्याएको लघुवित्त कार्यक्रमको सदुपयोग गरि आफ्नो उत्पादन वृद्धि हुने गरी कार्य गर्न आग्रह गर्दै म पनि यहींको स्थानीयबासी भएकोले यो कार्यक्रमको जसअपजसको जिम्मेवार आफू पनि हुने बताउनुभय‍ो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सो संस्थाका प्रमुख कार्यकारी अधिकृत

डा.देशमर्दन बस्न्यातले सहकारी जगतमा हाम्रो यस सहकारी संस्थाले आफ्नै शेयर सदस्यहरुबाट आर्थिक श्रोत जुटाई ९ प्रतिशत व्याजदरमा आफ्ना शेयर सदस्यहरुलाई सामूहिक जमानीमा रू.१ लाखसम्म कर्जा उपलब्ध गरेको हुँदा तपाईहरुले यसको सदुपयोग गरि दीर्घकालीन सोचका साथ कृषिृ ,पशुपालन जस्ता उत्पादनमूलक कार्य गरेर आयआर्जन गरी ठूलो केही गर्न सकिएन भनेपनि आफ्ना नानीबाबुहरुको शिक्षामा लगानी गरी उनीहरुलाई शिक्षित बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रम सञ्चालन गर्दै सोही संस्थाका सहायक प्रबन्ध निर्देशक देशराज बञ्जाराले उक्त संस्थाको लघुवित्त (सुष्म) कार्यक्रमको बारेमा प्रकाश पार्नुभयो ।

कार्यक्रममा त्यसै संस्थाका सदस्य तथा धर्मस्थलीका स्थानीय समाजसेवी हरि महर्जनले सहकारी मार्फत सहय‍ोग लिई उत्पादनमूलक कार्यलाई थप विस्तार गर्न र त्यसमा इच्छुक स्थानीयबासीहरुलाई पनि आवद्ध गराई यस संस्थाको लघुवित्त कार्यक्रमाार्फर्त जीवनस्तर माथि उठाउने कार्य गर्न प्रयत्न गर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा ३० जना स्थानीय कृषकहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *