काठमाडौं महानगरपालिका वडा नं. ६, सरस्वतीनगरमा रहेको सारा विकास बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा हिजोबाट शुरु भएको छ । भोलि समापन हुने निर्वाचन सहितको सो साधारण सभाको त्यसै संस्थाको कार्यालयमा सोही संस्थाका अध्यक्ष वीरेन्द्र श्रेष्ठले उद्घाटन गर्नुभयो । संस्थाका ७० जना शेयर सदस्यको उपस्थिति रहेको त्यस उद्घाटन कार्यक्रममा अध्यक्ष श्रेष्ठले सहकारी विभागले सहकारी संघ/संस्थाले आफ्नो वार्षिक साधारण सभा तडकभडक नगरी सामान्य ढंगबाट गर्नु भनेर निर्देशन जारी गरेकाले उक्त निर्देशन पालना गरेर यो साधारण सभा शुरु गरेको बताउनुभयो ।
उक्त साधारण सभा अन्तर्गत आज बन्दसत्र सञ्चालन हुने र भोलि ललितपुरको गोदाबारीमा आयोजना गरिएको वनभोज कार्यक्रममा यो साधारण सभाको समापन गर्नै कार्यतालिका रहेको अध्यक्ष श्रेष्ठको भनाई छ ।
शेयर सदस्यहरु बीच बचत तथा ऋण कारोबारसँगै सामाजिक उत्तरोदायित्व अन्तर्गत उक्त संस्थाले समय-समयमा विभिन्न रचनात्मक सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको छ