काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२, बलम्बुमा रहेको सुकर्म बहुउद्देश्यीय सहकारी संस्था लि.को छैटौँ वार्षिक साधारण सभा सोही संस्थाका अध्यक्ष धनकृष्ण महर्जनको अध्यक्षता तथा चन्द्रगिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यतामा यही मंसिर २४ गते शनिबार त्रिशक्ति वैक्वेट , गुर्जुधारा, काठमाडौंमा सम्पन्न भयो । साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि गिरीले सहकारी संस्थाहरुले उत्पादनशील क्षेत्रमा लगानी गरी उत्पादन बृद्धि र रोजगारी सृजनामा सहयोग पुग्ने गरी कार्य गर्नु पर्ने बताउनुभयो । त्यसैगरी साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै चन्द्रागिरि नगरपालिकाका आर्थिक तथा सहकारी शाखा प्रमुख राजुबहादुर खड्काले सहकारी संस्थाहरुले संविधान तथा ऐन र नियमको पालना गरी आफ्ना शेयर सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्नु पर्ने बताउनुभयो । साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गरदै बलम्बु च्याउ सहकारी संस्था लि.का अध्यक्ष अमरदीप सिंहले सुकर्म बहुउद्देश्यीय सहकारी संस्था लि.को थप प्रगतिको कामना गर्दै सहकारीको सिद्धान्त , ऐन , नियमको पालन गरी समुदायमा आधारित सहकारी संस्थाहरु वित्तीय अवस्था राम्रो रहेको बताउनुभयो । साधारण सभामा त्यसै संस्थाका अध्यक्ष महर्जनले सो संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त संस्थाको वित्तीय अवस्था र गतिविधि बारे प्रकाश पार्नुभयो । उहाँले शेयर सदस्य ज्यूहरुको साथ र सहयोगले गर्दा नै हाम्रो यो संस्था प्रगतिपथमा अगाडि बढ्न सकेको बताउनुभयो । साधारण सभा उक्त संस्थाकी कोषाध्यक्ष मन्दिरा श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक साजन तण्डुकारले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । शेयर सदस्यहरु बीच छलफल सम्पन्न भएपछि साधारण सभाले ती प्रतिवेदन पारित ग-यो ।