सुवर्णपुर बहुउद्देश्यीय सहकारी संस्था लि.को आयोजनामा चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न

ललितपुर/ ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज ललितपुरको चापागाउँ दोबाटो चोकमा रहेको सुवर्णपुर बहुउद्देश्यीय सहकारी संस्था लि.को आयोजनामा चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष दीपेन्द्र रमण डंगोलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेतीले ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी अभियानमा सम्बद्ध सबैमा शुभकामना व्यक्त गर्दै ‘मर्यादित व्यवसाय र प्रबृद्थिमा सहकारी‘ भन्ने नारालाई व्यवहारमा लागू गर्ने गरी राष्ट्रिय सहकारी महासंघ लि. र राष्ट्रिय सहकारी बैंक लि.अगाडि बढिरहेको छ र सबै सहकारी अभियानकर्मीहरु यसलाई व्यवहारमा कार्यान्वयन गर्न लाग्नु पर्ने बताउनुभयो । त्यसै अवसरमा मन्तव्य व्यक्त गर्दै राष्ट्रिय सहकारी महासंघ लि.का सञ्चालक राजेन्द्र पौड्यालले सहकारीलाई मर्यादित व्यवसायको रुपमा अगाडि बढाउने उद्देश्यले ६५औं राष्ट्रिय सहकारी दिवसको नारा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी‘ तय गरेकोले यसलाई व्यवहारमा कार्यान्वयनमा सबै लाग्नु पर्ने बताउनुभयो । जिल्ला सहकारी संघ लि., ललितपुरका अध्यक्ष पदका उम्मेद्वार समेत रहनु भएका पौड्यालले आफूले जिल्ला सहकारी संघ लि.को अध्यक्ष पदमा उम्मेद्वारी दिएको र आफू नेतृत्वको प्यानलमा सबै उम्मेद्वार क्यापेवल रहेकोले यो प्यानललाई मत दिएर जिताउन आग्रह गर्नुभयो । सोही कार्यक्रममा बागमती प्रदेश सहकारी संघ लि.का वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनले सहमती, सहकार्य र सद्भावका साथ ६५औं राष्ट्रिय सहकारी दिवस मनाऔं भन्दै यो दिवसको उपलक्ष्यमा सहकारी क्षेत्रमा क्रियाशील सबैमा शुभकामना व्यक्त गर्नुभयो ।

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का सञ्चालक तथा बहुउद्देश्यीय सहकारी संघ लि., ललितपुरका अध्यक्ष शरदकुमार महर्जन, बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष रामशरण शर्मा घिमिरे, सोही संघकी सञ्चालक अम्बिका कुमारी थापा, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का नि:बर्तमान अध्यक्ष रामशरण घिमिरे , राष्ट्रिय सहकारी बैंक लि.,ललितपुर शाखाकी प्रमुख रमा घिमिरे , सिञ्चाहिटी साकोस, सिञ्चाहिटीका अध्यक्ष पुरुषोतम मानन्धर , गंगा जमुना साकोस, चापागाउँका अध्यक्ष तथा जिल्ला सहकारी संघ लि.,ललितपुरका सञ्चालक सदस्य पदका उम्मेद्वार सारनाथ महर्जन , बसुवर्ण साकोस, नागबहालका उपाध्यक्ष तथा जिल्ला सहकारी संघ लि., ललितपुरका उपाध्यक्ष पदका उम्मेद्वार विभुशोन शाक्य , सुनाकोठी सहकारी समाजमा अध्यक्ष रामभक्त महर्जन , स्वागतम साकोस, सुनाकोठीका सचिव गोकुल डंगोल लगायतको सहभागिता रहेको त्यस कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लि.का सञ्चालक तथा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष उप्रेतीले केक काट्नु भएको थियो । उक्त अवसरमा त्यसै कार्यक्रमका अध्यक्ष डंगोलले प्रमुख अतिथि समेत रहनु भएका राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष उप्रेतीलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

Leave a Reply