अनेवियूले बुझायो राष्ट्रिय चिकित्सा शिक्षा आयोगलाई १३ बुँदे मागपत्र

भक्तपुर/ चिकित्सा शिक्षाको गुणस्तर सुधार सहितको माग गर्दै मंगलबार राष्ट्रिय चिकित्सा शिक्षा आयोग समक्ष अखिल नेपाल विद्यार्थी यूनियनले १३ बुँदे मागपत्र बुझाएको छ । सो संगठनका अध्यक्ष मनिष भट्टराईको नेतृत्वमा गएको विद्यार्थीहरुको प्रतिनिधि मण्डलले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरीलाई सो मागपत्र बुझाएको हो ।

उक्त मागपत्र ग्रहण गर्दै राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.गिरीले चिकित्सा शिक्षालाई गुणस्तरीय र मर्यादित बनाउन राष्ट्रिय चिकित्सा शिक्षा आयोग लागिरहेको भन्दै यो मागपत्र अध्ययन गरी आवश्यक कार्य गरिने बताउनुभयो । त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख कृष्णहरि भट्टको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply