काठमाडौं / नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. अन्तर्गत बिगत १५ बर्षदेखि निरन्तर सेवा दिदै आएको ब्रदर अटो प्रा.लि.ले सम्पूर्ण सुविधा सम्पन्न नयाँ आउटलेट सेल तथा सर्भिसिङ सेन्टर काठमाडौंको टोखा र ग्रीनल्याण्डमा खोलेको छ । उसले नयाँ भाट्भटेनीसगै बजाज मोटरसाइकल स्वरुम (showroom) तथा सर्भिस सेन्टर’ सञ्चालनमा ल्याएको छ । नेपालमा सबैभन्दा अधिक बिक्री हुने अटोमोबाइल ब्राण्ड बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स ,सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले टोखा र ग्रीनल्याण्डमा आउटलेट सञ्चालनमा ल्याएको जनाएको छ । यहाँ मोटरसाइकल सर्भिसिङमा १५ बर्षदेखि राम्रो अनुभव भएका दक्ष प्राविधिकहरूबाट सर्भिसिङ गराइने ब्रदर अटो टोखाका सञ्चालक दिलिप आचार्यले बताउनुभयो । यस सर्भिसिङ सेन्टरमा जम्मा ६० मिनेटमा सर्भिसिङको काम सकिने सर्भिस मेनेजर सुमन श्रेष्ठको भनाई छ । एक दिनमा २० वटाभन्दा बढी बाइकहरू सर्भिसिङ गर्न सक्ने क्षमता भएको यस सेन्टरमा ग्राहकहरूको सुविधाको लागि प्रतिक्षालयको पनि सुविधा छ । नयाँ आउटलेट सर्भिसिङ सेन्टरले ग्राहकहरूलाई बाइक खरीद स्पेयर्स पार्टस् तथा एक्ससरिजका लागि समेत सहज बनाउने उक्त कम्पनीले बताएको छ।
टोखा मोटरसाइकल सर्भिस सेन्टर उद्घाटन गर्दै brothers अटोका सञ्चालक बिनोद चौलागाईंले ‘टोखा आउटलेटमा ग्राहकहरूलाई निरन्तर वृद्धि साथै उहाँहरूलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । यो नयाँ सर्भिस सेन्टरसँगै यसले ग्राहकहरूलाई सहज बनाउनेमा हामी सकारात्मक छौं’, भन्नुभयो ।