Category समाचार

संघीय संसदमा राष्ट्रपति पौडेलद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा नेपाल सरकारको आ.व.२०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । ४४ पृष्ठको लामो सो नीति तथा कार्यक्रममा रास्वपा नेतृत्वको सरकारले गर्ने आगामी आ.व.२०८३/०८४ को नीति तथा कार्यक्रम र योजना उल्लेख…

संघीय संसदक‍ो वर्षे अधिवेशन शुरु

आजबाट संंघीय संसदको वर्षे अधिवेशन शुरु भएको छ । जस अन्तर्गत केहीबेर अघि प्रतिनिधि सभाको बैठक शुरु गर्नुभएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठक आरम्भ गर्नासाथ नेपाली कांग्रेसका सचेतक निश्कल राईले हालै जारी भएका अध्यादेश लगायतका विषयमा आफ्नो…

चक्कामा आगो लागेको टर्किस एयरको जहाजमा सवार यात्रु सुरक्षित

आज विहान टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किर्स एयरलाइन्सको टीके ७२६ कलसाइन भएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सो जहाजको चक्कामा आगो लागेपनि उक्त जहाजमा सवार चालक दलका सदस्य र यात्रुह रु सुरक्षित रहेको जनाइएको छ । जहाजको चक्कामा…

केन्द्रीय संयुक्त संघर्ष समितिको संयोजकमा धर्मेन्द्र बास्तोला

सीपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र ऋषिराम कट्टेल नेपाल कम्युनिष्ट पार्टी सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिको संयोजकमा नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला चयन हुनुभएको छ ।…

आज अस्पताल बिदा नहुने

बुद्ध जयन्ती, उभौली पर्व र १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज नेपाल सरकारले आज सार्वजनिक बिदा दिएपनि देशभरका अस्पतालमा भने स्वास्थ्य सेवा सुचारु गर्ने भएको छ । आज, भोलि र पर्सि लगातार ३ दिन सार्वजनिक बिदा परेकाले आज अस्पतालमा स्वास्थ्य…

राष्ट्रपति पौडेलद्वारा सहकारी (पहिलो संशोधन) अध्यादेश २०७३ जारी

नेपाल सरकार, मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सहकारी ( पहिलो संशोधन) अध्यादेश,२०८३ जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख छ । नेपालको संंविधान,२०७२ मा सहकारीलाई राष्ट्रिय…

अन्तत: सुदन गुरुङले दिए गृह मन्त्री पदबाट राजीनामा

सम्पत्ति शुद्धिकरण लगायतका विषयमा प्रहरी नियन्त्रणमा रहेर अनुसन्धानरत व्यापारी दीपक भट्टसँग सम्बन्ध जोडिएको खवर शार्वजनिक भएसँगै चौतर्फी आलोचनाको सिकार भएका गृह मन्त्री सुदन गुरुङले अन्तत: आज मन्त्री पदबाट राजीनामा दिएका छन् । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको नेतृत्वमा सरकार बनेको…

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा खनाल तथा सदस्यमा शाक्य र सिंखडा नियुक्त

नेपाल सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको रिक्त रहेको अध्यक्ष पदमा डिल्लीराज खनाल प्युठान तथा सदस्यमा रोशनबहादुर शाक्य ललितपुर र नवराज सिंखडा धादिङलाई नियुक्त गरेको छ । आज बसेको नेपाल सरकार , मन्त्रीपरिषदको बैठकले उक्त निर्णय गरेको बताइएको छ । केही…

सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापा पक्षलाई वैधानिकता दिदा देउवा-खड्का पक्ष मौन

शुक्रबार साझ सर्वोच्च अदालतले गत पुसको अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशन र त्यहाँबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय समिति वैधानिक रहेको भनी निर्वाचन आयोग नेपालले यस अघि गरेक‍ो निर्णयलाई सदर गरेसँगै नेपाली कांग्रेस भित्रको आधिकारिता विवाद…

मन्त्री बनेको १४ दिनमै श्रम मन्त्री साह बर्खास्त, स्वास्थ्य मन्त्री निशालाई उन्मुक्ति

प्रधानमन्त्री बाालेन्द्र साहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई आज बर्खास्त गर्नुभएको छ । रास्वपा सभापति रवि लामिछानेको लिखित सिफारिसमा मन्त्री बनेको १४ दिनमा नै प्रधानमन्त्री साहले मन्त्री साहलाई बर्खास्त गरेको बताइएको छ । रक्षा र उद्योग, वाणिज्य…