पूर्व सांसद घनेन्द्र बस्नेतको उपचारमा समस्या : सहयोगका लागि अपील

घाँटी र फोक्सोमा क्यान्सर भएर उपचाररत पूर्व सांसद तथा नेकपा (संयुक्त)का बरिष्ठ नेता घनेन्द्र बस्नेतको उपचारमा आर्थिक अभावले समस्या भएको भन्दै सहयोगका लागि अपील गरिएको छ नेता बस्नेतको उपचारमा सहयोगका लागि नेकपा (संयुक्त)का का.वा.अध्यक्ष तथा पूर्व मन्त्री घनश्याम भुसालको संय‍ोजकत्वमा घनेन्द्र बस्नेत जीवन रक्षा अभियान गठन गरिएको जनाइएको छ ।

भोजपुरको कुलुङ-काम्लेटारमा किसान परिवारमा जन्मिएका नेता बस्नेता झापा किसान संघर्षका अगुवामध्येका एक हुनुहुन्छ । भरखर भरखरै वैवाहिक जीवनमा प्रवेश गरेका नेता बस्नेत झापा किसान संघर्षका क्रममा पक्राउ पर्नुभऐको थियो । पञ्चायत कालमा नख्खु जेल ब्रेक गरेर झापा किसान संघर्षका अगुवाहरु सीपी मैनाली प्रदीप नेपाल, नरेश खरेल, माधव पौडेल, वीरबहादुर लामा लगायतसँगै घनेन्द्र बस्नेत पनि बाहिर निस्किनुभएको थियो तर पछि उहाँलाई प्रहरीले पक्राउ गरेको थियो ( जुन कुरा पूर्वमन्त्री प्रदीप नेपालले सञ्जय थापाको नामबाट लेख्नुभएको “मुक्त आकाशको खोजी” पुस्तकमा उल्लेख छ) । त्यसपछि उहाँ १७ वर्ष जेलमा जीवन बिताउन बाध्य हुनुभयो । जेलबाट छुटेपछि उहाँ शुरुमा नेकपा (माले) र २०४७ सालमा नेकपा (माले) र नेकपा (मनर्क्सवादी वीच एकता भएर बनेको नेकपा (एमाले)को संखुवासभा जिल्ला कमिटी सचिव बन्नुभएको थियो । खुल्ला रनजनीतिमा आउनु अघि उहाँलाई पार्टी भित्र कमरेड शेखरका नामले चिन्ने गरेको कतिपय जानकार बताउछन् । २०४८ सालमा सम्पन्न संसदीय निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवारले संखुवासभा जिल्लाको दुवै क्षेत्रमा विजय भएका थिए । जसमा संखुवासभा क्षेत्र नं.१ बाट परशुराम मेगी गुरुङ र क्षेत्र नं.२ मा उहाँ आफ्ना निकतम प्रतिस्पर्धीलाई लगभग दोब्बर मतान्तरले पछि पारेर विजयी हुनुभएको थियो । २०४९ सालमा सम्पन्न नेकपा (एमाले)को एकताको पाँचौं महाधिवेशनमा नेकपा (एमाले)का नेता सीपी मैनालीको परिमार्जित नौलो जनवादको पक्षमा उभिएपछि उहाँ त्यो बेलाको संस्थापन पक्षको पेलाईमा पर्नुभएको थियो तर २०५४ सालमा नेकपा (एमाले)को विभाजनको विपक्षमा उभिएपछि भने उहाँ नेकपा (एमाले)को केन्द्रीरी सदस्य बन्नुभएको थियो । २०५६ सालको संसदीय निर्वाचनमा भोजपुरका दुुबै क्षेत्रमा नेकपा (एमाले)का उम्मेद्वार विजय हुदा उहाँ भोजपुर क्षेत्र नं.१ बाट विजयी हुनुभएको थियो ।

नेमपा (एमाले)को नेतृत्वमा केपी शर्मा ओलीको उदयपछि भने नेता घनेन्द्र बस्नेतले केन्द्रीय सल्लाहकार समिति सदस्यको जिम्मेवारी पाउनुभएको थियो । २०७८ सालमा नेकपा (एमाले) विभाजन भएर नेकपा (एस) बनेपछि भनृ उहाँ नेकपा (एस)को उपाध्यक्ष बन्नुभएको थियो तर पछि महाधिवेशनबाट भने उहाँ सो पार्टीको बरिष्ठ नेता बन्नुभएको थियो । २०८२ मा नेकपा(माके), नेकपा (एस) लगायतका पार्टी मिलेर नेपाली कम्युनिष्ट पार्टी बन्दा भने उहाँ त्यसमा सम्मिलित नभई नेकपा (एस)का महासचिव घनश्याम भुसाल नेतृत्वको नेकपा (एस) पुनर्गठन अभियानमा सक्रिय रहनुभयो । नेकपा (एस) पुनर्गठन अभियान र नेकपा (संयुक्त) बीच एकता भएर नेकपा (संयुक्त) बन्दा पनि उहाँ स‍ो पार्टीको बरिष्ठ नेता कै जिम्मेवारीमा रहनुभएको छ ।

उहाँ विचार र सिद्धान्तमा अडिग हुनुहुन्छ तर उहाँका कतिपय व्यक्तिगत कमजोरी भने रहेको उहाँसँग संगत गरेका कतिपयको भनाई छ ।

बहुराष्ट्रिय कम्पनीलाई नेपालमा जग्गा किनबेच गर्न दिन नहुने

नेपाल सरकारले नेकपा (एमाले)का नेता घनेन्द्र बस्नेत नेतृत्वम गठन गरेको भूमि सम्बन्धी आयोगले नेपालमा बहुराष्ट्रिय कम्पनीलाई जग्गा किनबेच गर्न दिन नहुने राय सहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो, जसका कारण नेता बस्नेत बहुराष्ट्रिय कम्पनी लगायतको विरोधको निशानामा परेको जानकारहरु बतनउछन् । नेकपा (एमाले)को नेतृत्वले नेता बस्नेतलाई नेकपा (एमाले)को सक्रिय राजनीतिबाट छेउ लगाउने कारणहरुमध्ये त्यही मुख्य कारण बनेको हुन सक्ने कतिपयको बुझाई छ । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *