प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमाअधिवक्ता डा.नारायणदत्त कँडेललाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम महान्यायधिवक्ता नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
पत्रकारिता पृष्ठभूमि भएका बागलुङका डा.कँडेलले वि.सं.२०६० सालदेखि वकालत शुरु गर्नुभएको बताइएको छ ।





