अन्तत. कृष्ण सिटौलाको रोजाइ राष्ट्रिय सभा, राष्ट्रिय सभाको १९ सिटमा ५२ जनाको उम्मेद्वारी

दोश्रो संविधान सभा सदस्य तथा सांसद र मन्त्री बनेका नेपाली कांग्रेसकन पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला २०७४ र २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा झापा क्षेत्र नं.३ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएपछि अन्तत: उहाँको र‍‍ोजाइ राष्ट्रिय सभा सदस्य बनेको छ । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन नेकपा (एमाले)का नेता बामदेव गौतम बर्दिया क्षेत्र नं.१ बाट र नेकपा (माके)का नेता नारायणकाजी श्रेष्ठ गोरखा क्षेत्र नं.२ काट प्रतिनिधि सभा सदस्यमा पराजित भएपछि उहाँहरुको र‍‍ोजाइ राष्ट्रिय सभा सदस्य बने जस्तै नेपाली कांग्रेसका पूर्व महामन्त्री सिटौलाको रोजाइ पनि यतिबेला राष्ट्रिय सभा सदस्य बनेक‍ो छ । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले सिटौलाको नाम प्रतिनिधि सभा सदस्यमा समानुपातिक तर्फको बन्दसूचीमा राखेपनि त्यसलाई अस्वीकार गरेर उहाँ झापा क्षेत्र नं.३ मा उम्मेद्वार बन्नुभएको थिय‍ो । आउने माघ ११ गते हुुने राष्ट्रिय सभा सदस्य पदमा सिटौला सहित १९ सिटमा ५२ जनाको उम्मेद्वारी परेको निर्वाचन आयोगले जनाएको छ । नेपाली कांग्रेस, नेकपा (माके), नेकपा (एस) र जसपाले संयुक्त गठबन्धन बनाएर साझा उम्मेद्वार खडा गरेका छन् , जसमा नेपाली कांग्रेसका १०, नेकपा (माके)का ६, नेकपा (एस)का २ र जसपाका १ जनाले राष्ट्रिय सभा सदस्यमा उम्मेद्वारी दर्ता गरे ।

यता नेकपा (एमाले)ले १९ वटै सिटमा आफ्न‍ो उम्मेद्वार उठाएको छ । मधेश प्रदेशमा उम्मेद्वार बनाउने निर्णय गरेका महोत्तरीका अर्जुन सिंहको मतदाता नामावलीमा नाम नभेटिएपछि उनको सट्टा धनुषाकी विजेता झालाई उम्मेद्वार बनाइएयो भने राप्रपाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आफनो उम्मेद्वार उठाएको छ । यसैगरी नेमकिपाले बागमती प्रदेशमा र जनमत पार्टीले मधेश र लुम्बिनी प्रदेशबाट २/१ जना उम्मेद्वार उठाएको छ ।

२०७९ सालको प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन पछि पहिलो पटक राष्ट्रिय सभाको १ तिहाई रिक्त सदस्यको निर्वाचन हुन लागेको हो । यो निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ५३ तथा स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षको मतभार १९ रहेको निर्वाचन आयोग,नेपालले जनाएको छ । निर्वाचन आय‍ग,नेपालले गत शुक्रबार मतदाता नामावली प्रकाशन गरेर राष्ट्रिय सभा निर्वाचन कार्यक्रम अगाडि कढाएको थियो ।

नेपाली कांग्रेस भित्र राष्ट्रिय सभा सदस्य उम्मेद्वार छनौटलाई लिएर मतभेद

नेपाली कांग्रेस भित्र राष्ट्रिय सभा सदस्य उम्मेद्वार छनौटको विषयलाई लिएर मतभेद देखिएको छ । नेता शेखर कोइरालाले आफ्नो समुहका ४० प्रतिशत रष्ट्रिय सभा सदस्य उम्मेद्वार हुनुपर्ने माग गरेपनि सभापति शेरबहादुर देउवाले त्यसो नगरेपछि नेता शेखर कोइराला पक्ष रिसाएको जानकारहरु बताउछन् । नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा तथा नेताहरु अर्जुननरसिंह के.सी.,बलबहादुर के.सी. लगायतले नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेद्वार छनौट गर्दा समाबेशिता र पिछडिएको क्षेत्र लगायतलाई समेट्न नसकेको भन्दै असन्तुष्टि प्रकट गरेका छन् ।

Leave a Reply