नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टे्लले “उत्पीडित वर्ग र समुदायको मुक्ति र स्वाधिन राष्ट्र निर्माण अब संयुक्त जनक्रान्तिको बाटोबाट मात्र पूरा हुनसक्छ , यसक नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन अभियानका साथ अगाडि बढिरहेको छ”, भन्नुभएको छ । नेपाल कम्युनि्ष्ट पार्टीको ७६औं स्थापना दिवसको अवसरमा काठमाडौंको मैत्रिनगर-कीर्तिपुरस्थित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कट्टेलले नेपाल कम्युनिष्ट पार्टीको स्थापना र नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा क.पुष्पलालको योगदान अविस्मरणीय छ , क.पुष्पलाललाई बुझ्न उहाँका विचार र नेपालका सबै धाराका कम्युनिष्ट पार्टीको राम्रोसँग अध्ययन गर्नु पर्नेमा जोड दिनुभयो । क.पुष्पलालले अरुको ईतिहास पढ्नु भन्दा पहिला आफ्नो ईतिहास पढ्नुपर्छ भन्नुुुहुन्थ्यो भन्दै अध्यक्ष कट्टेलले क.पुष्पलालले क्रान्तिकारी आन्दोलन अगाडि बढाउन तीन ‘स’को सिद्धान्त प्रतिपादन गर्नुभएको र उहाँ सिद्धान्कार र विचारकसँगै श्रमजीवी नेपाली जनताको ईतिहास लेख्ने ईतिहासकार हो’, भन्नुभयो । ‘क.पुष्पलालमाथि कम्युनिष्ट आन्दोलनभित्र र बाहिरबाट अहिले पनि आक्रमण भइरहेको छ र यो जेनजी आन्दोोलनको क्रममा खोजीखोजी क.पुष्पलालका सालिक तोडफोड गरिनुले उहाँमाथि अहिले पनि कुन स्तरको आक्रमण भइरहेको छ भनेर सजिलै बुझ्न सकिन्छ’, भन्नुभयो । यतिबेला यथास्थितिवादी शक्ति बीचमा अन्तविरोध तिव्र रुपमा बढेको छ भने हामी क्रान्तिकारी कम्युनिष्टहरु यथास्थितिवाद विरुद्ध सघर्ष गरिरहेका छौं’उहाँको थप भनाई थियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष आरबी भण्डारीले न नेपाल कम्युनिष्ट पार्टीको स्थापना र नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको बारेमा चर्चा गर्दै उहाँले क.पुष्पलाल जीवित रहुञ्जेलसम्म सबै कम्युनिष्ट पार्टीले सेप्टेम्ब, १५ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने गरेको बताउनुभयो । उहाँले जेेेनजीहरुले फू गर्दा ढल्ने संसदवाद नेपाललाई आवश्यक छैन भन्दै उहाँले न्यू डेमोक्रेसी स्थापनाको निम्ति अगाडिबढ्नु पर्नेमा जोड दिनुभयो ।
यसैगरी पुष्पलाल विचार प्रबर्धन केन्द्रका अध्यक्ष खेमनारायण ढुंगानाले नेपालको कम्युनिष्ट आन्दोलनको बारेमा चर्चा गर्दै यतिबेला नेेपालको संविधान,२०७२ मुटु निकालेको अवस्थामा रहेको बताउनुभयो ।
र्यकरममा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख कृष्णहरि भट्ट, केन्द्रीय समिति सदस्य तीर्थ सिग्देल, अखिल नेपाल किसान यूनियनका संयोजक एके कार्की, अखिल नेपाल ट्रेड यूनियन महासंघका महासचिव राजकुमार थापा, बुद्धिजीवी तथा पेशागत यूनियनका नेता डा.मोहन सिंह प्रधानले आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।





