ऋषि कट्टेल र धर्मेन्द्र बास्तोला लगायतलाई अविलम्व रिहा गर्न माग

चार कम्युनिष्ट पार्टी सम्मिलित केन्द्रीय संघर्ष समितिले विना कारण विना पूर्जी आज दिउँसो १२:०० बजेतिर काठमाडौंक‍ो कीर्तिपुर नगरपालिका-२,मैत्रिनगरस्थित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयबाट प्रहरीले पक्राउ गरेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, हिजो काठमाडौंको सुन्धारा क्षेत्रबाट प्रहरीले पक्राउ गरेका नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’, काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी विष्णु तिमिल्सिना लगायतलाई प्रहरीले पक्राउ गरेको कार्यको भत्सर्ना गर्दै उहाँहरुलाई अविलम्व रिहा गर्न आग्रह गरेको छ । सो समितिका संयोजक तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल ‘गौरव’ले प्रेस विज्ञप्ति जारी गरि यही फाल्गुण २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन बहिस्कार गर्न आम जनसमुदायलाई अपील गर्नुभएको छ ।

प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष कट्टेल, नेकपा (बहुमत)का महासचिव बास्तोला, काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी तिमिल्सिनाका साथै नेकपा (बहुमत)का केन्द्रीय सदस्य विनोद मरासिनी, कपिलवस्तु जिल्ला सदस्य शोभे थारु, सूर्खेत जिल्ला सदस्य पूर्ण तिवारी र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कपिलवस्तु जिल्ला सदस्य ज्ञानुराम पुरीलाई प्रहरीले पक्राउ गरि थुनामा राखेको बताइएको छ ।

यता प्रहरीले भने यही फाल्गुण २१ गते हुने निर्वाचन बिथोल्ने गतिविधि गरेकाले उहाँहरुलाई पक्राउ गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *