काठमाडौंको कोटेश्वर- सहयोगीनगरमा आज साझ मोटरसाइकलको ठककरबाट पैदलयात्री घाइते भएकी छन् । सहयोगीनगरचोकबाट वर्डलिङ्क अगाडिको सडक हुदै कोटेश्वरचोकतर्फ गइरहेको मोटरसाइकलले सहयोगीनगरचोक नजिकै पानी बोकेर हिडिरहेकी पैदलयात्री युवतीलाई ठक्कर दिएर भाग्न खोजेपछि त्यहाँ वरपर रहेका मानिसहरुले सो मोटरसाइकल रोकेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ठककर दिने मोटरसाइकल नियन्त्रणमा लिएको छ भने मोटरसाइकलको ठक्करबाट घाइते भएकी पैदलयात्री युवतीलाई उपचारका लागि काठमाडौको नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (Civil Service Hospital) मा लगिएको छ । कसरी दुर्घटना भयो भनेर अलगपथको प्रश्नको जवाफमो सो मोटरसाकल चालकले भने- “दुर्घटनास्थल वरपर जाम थियो , जाम छिचोलेर जान खोज्दा पैदलयात्रीलाई मोटरसाइकलले छुन पुग्यो ।”





