बागमती प्रदेश सहकारी संघ लि.का वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनको अध्यक्षतामा जिल्ला सहकारी संघ लि. ललितपुरको नयाँ सञ्चालक समिति चयन भएको छ । २०८२ चैत्र १५ गते आइतबार सम्पन्न निर्वाचनबाट महर्जन सोही संघका निवर्तमान अध्यक्ष केदार गोरखाली श्रेष्ठलाई पराजित गरी अध्यक्षमा निर्वाचित हुनुभएको हो । ४ वर्ष कार्यकाल रहने उक्त संघको उपाध्यमा शशि खड्का गुरुङ, सचिवमा अनिल वीर बज्राचार्य,कोषाध्यक्षमा पुरुषोतम बजगाई र सदस्यमा सविना तण्डुकार, राम गोविन्द महर्जन, इन्द्रकुमारी शाक्य, उपेन्द्र अवाले र दीपेन्द्र रमण डंगोल निर्वाचित हुनुभएको छ । यसैगरी निर्वाचनबाट सो संघको लेखा सुपरीवेक्षण समिति संयोजकमा प्रल्लाद विष्ट तथा सदस्यमा इन्द्रकुमारी थापा र ठक्कर घिमिरे निर्वाचित हुनुभएको छ ।
उपाध्यक्षमा शशि खड्का गुरुङ निर्विरोध निर्वाचित भएपनि बाँकी पदमा भने जगतलाल महर्जन र केदार गोर्खली श्रेष्ठ नेतृत्ववमा फरक फरक प्यालन बनाएर चुनावी मैदानमा खडा हुनुभएको थियो ।
आफ्नै सहकारी भवनबाट यो संघ सञ्चालन भइरहेको छ । वि.सं.२०२८ सालमा स्थापना भएर ५४ वर्षमा यात्रा गरिरहेको यो संघले ललितपुरका कृषकहरुले उत्पादन गरेका कृषिजन्य सामाग्रीको बजारीकरणका ललितपुरको महालक्ष्मीस्थानस्थित आफ्नै सहकारी भवनमा सहकारी बजार सञ्चालन गर्दै आएको छ





