नवनियुक्त प्रधानन्यायधीश विश्वम्भर श्रेष्ठको सपथ आज अपरान्ह ४ बजे

नवनियुक्त प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठको पद तथा गोपनियताको सपथग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा आज अपरान्ह ४ बजेका लागि तय भएको बताइएको छ । सोमबार संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रस्तावित प्रधानन्यायधीश श्रेष्ठ र उहाँ विरुद्ध परेका ३ वटा उजुरी माथि छलफल गरपछि अनतत: श्रेष्ठलाई प्रधानन्यायधीश पदमा सर्वसम्मत अनुमोदन गरेको थियो भने सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई सर्वोच्च अदालतको ३१औँ प्रधानन्यायधीश पदमा नियुक्त गर्नुभएको थियो । सर्वोच्च अदालतमा ७ वर्ष न्यायधीशको जिम्मेवारीमा रहेर काम गरेपछि बल्ल प्रधानन्यायधीश बनेका श्रेष्ठलाई छिटो न्याय सम्पादन गर्ने न्यायधीश भनेर उहाँँका कतिपय सहकर्मीले भन्ने गरेको पाइन्छ। देवानी कानुुुनमा विशेष दख्खल राख्ने श्रेष्ठ अबको १३ महिनापछि ६५ वर्षे उमेरहदका कारण प्रधानन्यायधीश पदबाट अवकास हुुनुहुनेछ ।

श्रेष्ठले साउन २० गते तत्कालीन प्रधानन्यायधीश हरिकृष्ण कार्कीको ६५ वर्षे उमेर हदका कारण अवकास भएपछि बरिष्ठ न्यायधीशको हैैसियतमा का.मु.प्रधानन्यायधीशको रुपमा सर्वोच्च अदालतको नेतृत्व गर्दै आउनुभएको छ ।

Leave a Reply