पुष्पकमल दाहाल नेपाली कम्युनिष्ट पार्टीको संसदीय दलको नेता चयन

नेपाली कम्युनिष्ट पार्टीका संय‍ोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स‍ो पार्टीको संसदीय दलको नेता चयन हुनुभएको छ । काठमाडौंको पेरिशडाँडास्थित नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको उक्त पार्टीको संसदीय दलको बैठकले संयोजक दाहाललाई सोही पार्टीको संसदीय दलको नेता चयन गरेको बताइएको छ । संयोजक दाहाल गत फाल्गुण २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट निर्वाचित हुनुभएको थियो । संयोजक दाहाल सहित प्रतिनिधि सभामा नेपाली कम्युनिष्ट पार्टीका १७ जना सांसद छन् । सो पार्टीको संसदीय दलको उप-नेता र सचेतक भने नेता दाहालले चयन गर्न सक्नु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *