पेट्रोलियम पदार्थमा मूल्य वृद्धि : यातायातका साधानमा भाडा वृद्धि गर्न माग

गएको मध्यरातिबाट नेपाल आयल निगम लि.ले पेट्र‍ोल, डिजेल र खाना पकाउने ग्यासको भारी मूल्य वृद्धि गरेको छ । जसमा पेट्रोलमा प्रति लीटर ३१ रुपैया, डिजेलमा प्रति लीटर ५४ रुपैया र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २१६ रुपैयाले मुल्य बढेको छ । मुल्य वृद्धि भएसँगै आजबाट बजारमा पेट्रोल प्रति लीटर १८८ रुपैया, डिजेल प्रति लीटर १९६ रुपैया मुल्य तय भएको छ । खाना पकाउने ग्यास प्रति सिलिण्डर २,१२६ रुपैया तय भएपनि बजारमा भने ग्यास उद्योगीले आधा सिलिण्डर भरेर ग्यास बजारमा पठाएका छन् । पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धिले जनजीवन प्रभावित भएको छ ।

यता पेट्रोल , डिजेल र खाना पकाउने ग्यासमा भारी मुल्यवृद्धि भएसँगै यातायात व्यवसायीहरुले यातायातका साधानमा भाडा वृद्धि गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आज प्रेस विज्ञप्ति जारी गरि स्वचालित मूल्य प्रणाली अनुरुप यातायातका साधानमा भाडा वृद्धि गर्न माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *