बुढानिलकण्ठ नगरपालिका बाहेक देशका सबै स्थानीय तहमा स्वास्थ्य वीमा कार्यक्रम चालु

स्वास्थ्य वीमा बोर्डले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका बाहेक देशका सबै स्थानीय तहमा स्वास्थ्य वीमा कार्यक्रम चालू रहेको जनाएको छ। प्रथम सेवा विन्दु स्थानीय तहले व्यवस्थापन गर्नु पर्ने हुनाले बुढानिलकण्ठ नगरपालिकाले प्रथम सेवा विन्दु व्यवस्थापन गरेको जानकारी दिएपछि त्यहाँ पनि स्वास्थ्य वीमा कार्यक्रम लागू हुने स्वास्थ्य वीमा ब‍ोर्डकी सूूूचना अधिकारी ओमकुमारी कँडेल बताउनुहुन्छ । गत माघ महिनादेखि प्राथमिक स्वास्थ्य केन्द्र र २५ बेडसम्मका अस्पताल बाहेकका अस्पतालमा स्वास्थ्य वीमा गरेका व्यक्तिले स्वास्थ्य उपचार गर्दा निजको उपचार खर्चको ९० प्रतिशत रकम स्वास्थ्य वीमा बोर्डले र १० प्रतिशत रकम उपचार गर्ने व्यक्ति स्वयंले नै तिर्नु पर्ने प्रावधान लागू भएको छ तर लक्षित वर्गलाई भने यो प्रावधान लागू नहुने सूचना अधिकारी कँडेलको भनाइ छ । रेफरको आधारमा स्वास्थ्य वीमाबाट विरामीले १ महिनासम्म मात्र औषधि किन्न सक्ने सुविधा १ महिनाबाट बढाएर ३ महिनासम्म पु-याइएको सूचना अधिकारी कँडेलको थप भनाइ छ ।

यो स्वास्ग्य वीमा कार्यक्रम आर्थिक विपन्न परिवारका लागि स्वास्थ्य उपचारका लागि महत्वपूर्ण आधार बनेको छ तर स्वास्थ्य वीमा कार्यक्रममा सहभागीले यो सुविधा उपभोग गर्दा विरामी भएपछि पहिला प्रथम विन्दु मानिएको सरकारी अस्पताल , प्राथमिक स्वास्थ्य केन्द्र या स्वास्थ्य चौकीमा जानु पर्दछ र यदी त्यहाँ उपचार सम्भव नभएपछि मात्र त्यहाँबाट रिफर गरिएको स्वास्थ्य वीमा सुविधा भएको अस्पतालमा स्वास्थ्य वीमा सुविधामा उपचार हुने गरेको छ । यो व्यवस्थाले गर्दा कतिपय नागरिक मर्कामा पर्ने गरेको बताउछन् । झापाको गौरादह नगरपालिका-९, खजुरबारीका मोहनसिंह कार्की यो व्यवस्थाले गर्दा आफू मारमा परेको बताउनुहुन्छ । ‘गत चैत्रमा झापाको दमक अस्पतालका डाक्टरले तपाईको आन्द्रामा घाउ छ , अपरेशन गर्नुपर्छ भनेपछि मैले एकपटक सुविधा सम्पन्न अस्पतालमा विशषज्ञ डाक्टर भए ठाउँमा जान्छु । त्यहाँका डाक्टरले पनि मेरो आन्द्राको अपरेशन गर्नुपर्छ भनेछन् भने मात्रै म आन्द्राको अपरेशन गर्छु भन्दा ती डाक्टरले मेरो प्रेस्क्रिप्सनमा निजको उपचार यहीं सम्भव हुदाहुदै रिफर लिएर आएका हुन् भनेर लेखेछन् । स‍ोही कारण दमक अस्पताल प्रशासनले पाटन अस्पतालमा स्वास्थ्य वीमा सुविधामा उपचार गर्न रिफर गरेपनि पाटन अस्पतालबा मैले य‍ो सुविधा पाइन । त्यहाँ मेरो स्वास्थ्य जाँच गर्दा मेरो अर्थोकै समस्या देखियो र दमक अस्पतालको डाक्टरले भनेजस्तो मेरो आन्द्राको अपरेशन गर्नु परेन । पाटन अस्पतालमा जाँचेको मेरो स्वास्थ्य जाँचको रिपोर्ट लिएर गत बैशाखमा म मेरिडियन हस्पिटलमा प्रा.डा. शशि शर्मालाई टिकट काटेर भेट्न गएँ । उहाँले अपरेशन गर्नु पर्ने समस्या ह‍‍ोइन यो – हल्टर अलि लुज भएर यस्तो भएको रहेछ । यस्तो समस्या बुटवलबाट पनि मकहाँ आ’को थियो । त्यतातिरका डाक्टरले मेसो नपाएर सिधै अपरेशन गर्दारहेछन् । दमकमा २ वर्ष अगाडि गरेको तपाईको इण्ड‍ोस्कोपीको रिपोर्टमा आन्द्रामा घाउ देखाएको र’छ तर अहिले भने औषधिले यो घाउ ठीक भएको अहिलेको इण्ड‍स्कोपीको रिपोर्टमा देखिएको छ र यो रिपोर्टमा अर्को पनि समस्या देखिय‍ो भनेर औषधि दिएक‍ो’, उहाँ बताउनुहुन्छ ।

य‍ो कार्यक्रम लागू भएका सबै नागरिक र त्यहाँ ६ महिना बस‍बास गरेका नागरिकले त्यहीँ यो कार्यक्रममा सहभागी हुन पाउँछन् र यो कार्यक्रममा सहभागी भएको ३ महिनापछि स्वास्थ्यवीमा सुविधा क्रियाशील हुन्छ । १ वर्षभित्र ५ जनासम्मको परिवारले रु.३,५०० तिरेर रु.१ लाखसम्मको सुविधा उपभोग गर्न पाउछन् । ५ जना भन्दाबढी परिवार संख्या भए प्रतिव्यक्तिले रु.७०० तिरेर रु.२०,००० सम्मको स्वास्थ्य सुविधा उपभोग गर्न पाउनेछन् तर एउटा परिवारले बढीमा रु.२ लाखसम्म मात्रै यो सुविधा उपभोग गर्न पाउनेछन् । प्रत्येक वर्ष यो कार्यक्रम नवीकरण गर्नु पर्ने व्यवस्था गरिएको छ ।

देशभरका ४४० वटा स्वास्थ्य सेवा प्रदायक अस्पतालमा स्वास्थ्य वीमा सुविधा कार्यान्वयनमा रहेको बताइएको छ ।

Leave a Reply