यही चैत्र २३ र २४ गते तेस्र‍ो राष्ट्रिय अर्थशास्त्री सम्मेलन-२०८० हुने

स्वाधीन तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान भन्ने नाराका साथ यही चैत्र २३ र २४ गते राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालको आयोजनामा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा तेस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन-२०८० हुने भएको छ । सो सम्मेलनमा प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरु, अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर, योजना आयोगका उपाध्यक्ष, प्रमुख राजनीतिक दलका अध्यक्षहरु, काठमाडौं महानगरपालिकाका प्रमुख , बैंकर्स एसोसियशन, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, राष्ट्रिय सहकारी महासंघ लि.,नेपाल र एनआरएनएका अध्यक्ष, विश्वविद्यालयका उपकुलपति, गाउँपालिका तथा नगरपालिका महासंघका अध्यक्षहरु लगायत सहभागी हुने आयोजकले बताएका छन् । यो सम्मेलनका प्रस्तावित विषय तथा कार्यपत्रहरु निम्न अनुसार हुने जनाइएको छ ।
१: बैंकिंग क्षेत्रमा तरलता तथा व्याजदर व्यवस्थापन र उत्पादनमूलक लगानी
२: नेपालमा संघीयताको कार्यान्वयन र सुशासनका सवालहरु
३: नेपालको ीम्ऋ न्चबमगबतष्यल र यसका चुनौतीहरु
४: कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि र बजारीकरण
५: नेपालमा बैदेशिक रोजगारी र रेमिट्यान्सको परिचालन
६: युवा उद्यमशीलता विकासमा राज्यको भूमिका
७: उद्योग व्यवसाय विस्तारका लागि लगानीमैत्री राजस्व नीति
८: आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनका रणनैतिक कदमहरू  
९: आत्मनिर्भर अर्थन्तन्त्रको लागि स्वदेशी उद्योगको प्रवद्र्धन रणनीति
१०:.डिजिटल टेक्नोलोजीको अर्थतन्त्रमा योगदान र यसको सम्भावना

सो सम्मेलन अर्थिक क्षेत्रका विज्ञहरू, राजनीतिज्ञ तथा नीति निर्माताहरू र अन्य सरोकारवालाहरूको बीचमा आर्थिक बहस तथा अनुसन्धानमूलक प्रस्तुती गर्ने एक विस्तृत भेला हो । देशको आर्थिक मुद्दाहरुका बारेमा राम्रोसँग बुझ्न र बुझाउनका साथै नीति निर्माताहरूलाई आर्थिक नीतिहरूको तर्जुमा गर्न सहयोग गर्ने उद्देश्यले तेस्रो राष्ट्रिय आर्थिक सम्मेलन आयोजना गरिएको बताइएको छ । यस सम्मेलनमा लगानीमैत्री वातावरण, स्वदेशी उत्पादन, आर्थिक वृद्धि, रोजगारी सृजना, स्थानीय तहको राजस्व संकलन, अन्तर्राष्ट्रिय व्यापार लगायत समसामयिक विषयहरुमा छलफल हुने गर्छन् । यसले आर्थिक वृद्धि र स्थिरतालाई प्रवर्द्धन गर्ने नीतिहरू तर्जुमा तथ विकास गर्न सरोकारवालाहरूलाई सहकार्य गर्ने अवसर पनि प्रदान गर्दछ । सम्मेलन नीति तर्जुमा प्रक्रियाको एक महत्त्वपूर्ण भाग भएकोल यो सम्मेलनबाट प्राप्त हुने निष्कर्षले अर्थव्यवस्थामा ठूलो प्रभाव पार्न सक्ने कतिपय जानकारहरु बताउछन् ।

त्यस सम्मेलनको कार्यक्रमको ढाँचा :  पहिलो दिन: उद्घाटन समारोह:
विषय वस्तुको प्रस्तुतिकरण तथा अतिथिहरुको भनाई रदोस्रो दिन: प्राविधिक सत्र विषयगत छलफल, अनुसन्धानमूलक प्रस्तुति र गोलमेच छलफल हुने आयोजकको भनाइ छ । सम्मेलनको पहिलो दिनको उद्घाटन सत्र (चैत्र २३ गते) इच्छुक सबैले खुला रुपमा सहभागिता जनाउन सकिनेछ भने सम्मेलनको दोस्रो दिनको प्राबिधिक सत्र (चैत्र २४ गतेको दिन) का लागि गुगल फारम भर्नु पर्नेछ ।

Leave a Reply