गृह मन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभाको सदस्य पदमा मनोनयनका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस हुनुभएको छ । आज बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले ओमप्रकाश अर्याल गुल्मीलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्नको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको गृह मन्त्री अर्यालले सञ्चारकर्मीलाई बताउनुभयो । गत फाल्गुण २० गतेबाट राष्ट्रपतिको कोटाबाट मनोनित हुने १ जना राष्ट्रिय सभा सदस्य पद रिक्त रहेको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा नेपाल सरकार, मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिद्वारा मनोनित गरिएका ३ जना सदस्य रहने संवैधानिक व्यवस्था छ ।





