जेञ्जी प्रतिनिधि सहितको राजनीतिक गोलमेच सम्मेलन गर्नुपर्छ : ऋषि कट्टेल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले ‘मुलुकको विद्यमान राजनीतिक समस्याको निकास मौजुदा संघीय संसदको प्रतिनिधि सभा पुनर्स्थापना या आउदो फाल्गुण २१ गते प्रतिनिधि सभाको निर्वाचनबाट सम्भव हुदैन’, भन्नुभएको छ । आइतबार सो पार्टीका काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुसँगको छलफलका क्रममा उहाँले ‘मुलुकमा विद्यमान राजनीतिक समस्याको निकासको लागि जेञ्जी पुस्ताको प्रतिनिधिसहित राजनीतिक गोलमेच सम्मेलन गरि संविधानको जनपक्षीय एजेण्डा समावेश गरि संशोधन गरेर राजनीतिक दलको सरकार बनाएर निर्वाचन गर्नुपर्छ भन्नुभयो’, सोही पार्टीका उपाध्यक्ष आरबी भण्डारीले अलगपथलाई बताउनुभयो । त्यस अवसरमा अध्यक्ष कट्टेलले गत भदौं २३ र २४ गतेको जेञ्जी पुस्ताको विद्र‍ोहले नेपाल कम्युनिष्ट पार्टीले संसदवाद विरुद्ध गरिरहेको संघर्षलाई सही सावित गरेको छ तर गत भदौ २३ र २४ गतेको घटनापछि मुलुकमा वैदेशिक हस्तक्षेप बढेर गएको छ, जसबाट मुलुकको राष्ट्रिय स्वाधिनताामा गम्भीर अशर परेकोको मुलुकको राष्ट्रिय स्वाधिनताको रक्षाको निम्ति सम्पूर्ण कम्युनिष्ट तथा वामपन्थी र गैर-वामपन्थी देशभक्तहरु एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको उपाध्यक्ष भण्डारीको भनाई छ । अध्यक्ष कट्टेलले नेपालको संविधान २०७२ जारी भएको १० वर्ष बित्तापनि संघीय संसदले न शिक्षक ऐन, प्रहरी ऐन, निजामती कर्मचारी ऐन लगायतका मुलुक सञ्चालनका लागि आवश्यक ऐन कानून नै बनाउन सक्यो न प्रदेशहरु सञ्चालनको लागि आवश्यक नीति नियम नै बनाउन सक्यो अनि असफल भएको संसदको बचाउमा लाग्नुको कुनै अर्थ छैन । त्यसैले नेपाल कम्युनिष्ट पार्टी नयाँ जनवादी राज्य व्यवस्था स्थापनाको निम्ति निरन्तर अगाडि बढ्नुपर्छ भन्नुभएको श्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *