नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेललाई मातृशोक परेको छ । अध्यक्ष कट्टेलकी आमा इच्छावती कट्टेलको १०१ वर्षको उमेरमा गोरखाको कट्टेलडाँडास्थित आफनै नििवासमा गएराती ११:३४ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उहाँ विगत केही समययता विरामी हुनुहुन्थ्यो । उहाँका २ छोरा र ४ छोरी हुनुहुन्छ ।
अध्यक्ष कट्टेलकी आमा इच्छावती कट्टेलको निधनप्रति नेपाल कम्युनिष्ट पार्टीले शोक प्रकट गरेको छ । दिवंगत इच्छावती कट्टेलको निधनप्रति शोक प्रकट गर्दै नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष रामबहादुर भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँको योगदानको स्मरण गर्नुभऐको छ ।





