नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा गठबन्धन सरकार बनेको दुई महिना पूरा भएको छ तर यो अवधिमा सरकारले विश्वासको मत लिने र दैनिक प्रशासन सञ्चालन गर्ने बाहेक देशमा जनताको सरकार छ भन्ने अनुभूति हुने गरी कार्य आरम्भ गरेको देखिएको छैन । यस वीचमा दैनिक उपभोग्य बस्तुको मुल्य घट्नुको सट्टा थप बढेको सरकारी तथ्याकले देखाएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता समस्या उस्तै रहेको जानकारहरु बताउछन् । दैनिक ज्याला मजदुरी गर्ने लगायतका आर्थिक विपन्न परिवारका लागि सरकारको यो दुई महिना कागलाई बेल पाको हर्ष न विस्मात जस्तै बनेको सरोकारवालाहरु बताउछन् । कतिपय जानकारहरु भने सरकार बनेको भर्खर दुई महिना मात्रै पूरा भएको र अझै ४० दिन त यो सरकारको हनिमुन पिरियड बाकी नै रहेकोले उसको कार्यको बारेमा मुल्यांकन गरी हाल्ने समय भई नसकेको बताउछन् ।
यही वीचमा नागरिकताको विषयमा परेको मुद्धामा सर्वोच्च अदालतले नेपाली नागरिकता त्यागेर संयुक्त राज्य अमेरिकाको नागरिकता लिएका तत्कालीन उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले संयुक्त राज्य अमेरिकाको नागरिकता त्यागेपनि त्यसपछि प्रक्रिया पूरा गरी नेपाली नागरिकता नलिएको भन्दै उनी नेपाली नागरिक नरहेको फैसला गर्दा उनी उपप्रधानमन्त्री तथा गृह मन्त्री , सांसद र रास्वपाको सदस्य समेतबाट मुक्त भएपछि नेपाली राजनीति केही समय तरङ्गित बन्यो । त्यसैगरी गत माघ १ गते पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना हुदा चालक दलका ४ सदस्य र ६८ यात्रुको दु:गद निधन भयो । यस्तै यही फागुन १ गते सवारी चालकहरु माथि ट्राफिक प्रहरीले ज्यादती गरेको र लोत्से बहुउद्देश्यीय कम्पनिले मनोमानी र दादागिरीको गरेको भन्दै त्यस विरुद्ध यातायात मजदूरहरुले काठमाडौंमा गरेको आन्दोलनले उग्र रुफ लिदा सम्पति क्षति पुगेको थियो ।
यता यही बीच यसै महिना आफ्नै घरेलु मैदानमा सम्पन्न नेपाल , स्कटल्याण्ड र नामिविया बीचको आईसीसी क्रिकेटको लिग २ अन्तर्गतको एक दिवसीय ४ वटै खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले जीत हासिल गरेर नयाँ इतिहास बनिएको छ ।
अर्थ मन्त्रालयले ग-यो कृषि अनुदान कटौती
अर्थ मन्त्रालयले कृषि तथा पशुपञ्छी विकास मन्त्रालय मार्फय प्रदेश र स्थानीय तह मार्फत शसर्त प्रदान गरिने अनुदान रकम रोक्का गरेको जनाएको छ । सो मन्त्रालयले महालेखा नियन्त्रक कार्यालय, अनामनगर , काठमाडौंलाई लेखेको पत्रमा सो कुरा उल्लेख छ ।






