आसन्न फाल्गुण २१ गते हुने भनी तय भएको प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गरि निर्वाचन आयोग नेपालले मतदाता नामावली संकलन गर्ने समय आउदो मंसिर ५ गतेसम्म थप गरेको छ । यस अघि कार्तिक ३० गतेसम्म मतदाता नामावली संकलन गर्ने समय निर्धारण भएपनि पछिल्लो समय मतदाता परिचयपत्रका लागि फोटो खिच्न आउनेको संख्या बढी भएर निर्वाचन कार्यालयमा भीम लाग्न थालेपछि मतदाता नामावली संकलन गर्ने समय बढाउन निर्वाचन आयोग नेपालमाथि दवाव परेको थियो । राष्ट्रिय परिचयपत्र भएकाले अनलाइन फारम भरे पुग्छ भनिएपनि राष्ट्रिय परिचयपत्रको फोटो खिचेपनि राष्ट्रिय परिचयपत्र लिई नसकेका र राष्ट्रिय परिचयपत्र लिएकाले पनि अनलाइन फारम भर्न कठिनाई महशुस गरेका थिए ।
यही कार्तिक २७ गतेसम्म २,५७,५०५ जना नयाँ मतदाताले मतदाता नामावलीमा नाम साावेश गरेको निर्वाचन आयोग नेपालले जनाएको छ ।






