सांसद डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुख चयन

राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान उपसभापति डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुख पदमा चयन हुनुभएको छ । आज बसेको प्रतिनिधि सभा बैठकको अध्यक्षता गरेका जेष्ठ सांसद अर्जुननरसिंह के.सी.ले सांसद अर्यालको मात्र सभामुख पदमा उम्मेद्वारी परेको सूचना प्राप्त भएको भन्दै उहाँ सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो । नवनिर्वाचित सभामुख अर्याललाई सफल कार्यकालको कामना सहित सांसदहरु बधाई ज्ञापन गरेका छन् । सभामुख अर्याल गत २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचामा काठमाडौं क्षेत्र नं.९ बाट रास्वपाको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

शुक्रबार निर्धारित समयमा सभामुख पदमा अर्यालको मात्र उम्मेद्वारी परेको थियो ।

नवनिर्वाचित सभामुख अर्यालले आजै काठमाडौंक‍ो महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रधानमन्त्री बालेन्द्र साह सहित राज्यका विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सभामुखको पद तथा गोपनियताको शपथ ग्रहण गरी पद बहाली गर्नुभएको छ ।

यता प्रतिनिधि सभाको अर्को बैठक भोलि दिनको १:०० बस्ने गरि स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *