२०७४ सालमा भन्दा अहिले संसदीय गणितमा नेकपा (माके) कमजोर

२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लडेको नेकपा (माके)को प्रत्यक्ष र समानुपातिकतर्फबाट जुन उपलब्धी हासिल गरेको थियो , त्यसको तुलनामा २०७९ सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कम सफलता प्राप्त गरेको देखिएको छ । यदी पार्टीले बेलैमा आत्मसमीक्षा गरी आफ्ना गल्ती कमजोरीलाई सच्याएर अगाडि नबढे यसको भविष्य अध्यारो देखिएको कतिपय विश्लेषकको भनाई छ ।

गत आइतबार सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ – गोरखा क्षेत्र नं. २ , नेताहरु जनार्दन शर्मा ‘प्रभाकर’- रुकुम पश्चिम’, वर्षमान पुन ‘अनन्त’-रोल्पा , शक्ति बस्नेत -जाजरकोट , सुदन किराती- भोजपुर , माधव सापकोटा-सिन्धुपाल्चोक क्षेत्र नं.१, रेखा शर्मा -दाङ क्षेत्र नं.२, लेखनाथ दाहाल ‘राजन’- सिन्धुली क्षेत्र नं.२, रामकुमार राई ‘पासाङ’-खोटाङ , देवेन्द्र पौडेल -बागलुङ क्षेत्र नं.२ , अमनलाल मोदी-मोरङ क्षेत्र नं.४ र रुकुम पूर्व पूर्णबहादुर घर्ती मगर प्रतिनिधि सभा सदस्यमा विजयी हुनुका साथे उसका ६ जना उम्मेद्वारले जारी मत गणनामा अग्रता कायम गर्नुभएको छ ।

यो निर्वाचनमा उक्त पार्टीका महासचिव देव गुरुङ नेताहरु पम्फा भुसाल , ओनसरी घर्ती , कल्पना धमला , शिव मण्डल लगायतका केही उम्मेद्वार पराजित हुनुभयो ।

२०६४ सालको संविधान सभाको निर्वाचंमा सबैभन्दा शक्तिशाली बनेको सो पार्टी समय बित्तै जादा बिभाजन भयो । यतिबेला सोही पार्टीबाट टुटफुट भएर बनेका दर्जन भन्दा बढी पार्टी र समुह क्रियाशील छन् ‌।

Leave a Reply