राष्ट्रपति पौडेलद्वारा आज जेष्ठ सांसद के.सी.लाई पद तथा गोपनियताको सपथ गराउने

राष्ट्रपति रामचन्द्र पौडेलले आज फाल्गुण २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभाका उमेरले जेष्ठ सदस्य अर्जुननरसिंह के.सी.लाई पद तथा गोपनियताको सपथ गराउनु हुने भएको छ । विहान ११:१५ बजे काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय शीतल निवासमा सो सपथ ग्रहण गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । उक्त सपथ ग्रहण कार्यक्रममा उपस्थितिको लागि राष्ट्रपति कार्यालयले संघीय संसदका महासचिव लगनयतलाई आमन्त्रण गरेको जनाइएको छ । जेष्ठ सांसद के.सी. समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुनुहुन्छ । भोलि सांसद के.सी.ले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ । प्रतिनिधि सभाबाट सभामुख निर्वाचित नहुदासम्म जेष्ठ सदस्यको हैसियतले सांसद के.सी.ले प्रतिनिधि सभाको बैठकको अध्यक्षता गर्नु हुने छ ।

बालेन्द्र साह शुक्रबार प्रधानमन्त्री बन्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बालेन्द्र साहले यही चैत्र १३ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने बताइएको छ । भोलि सांसद पदको पद तथा ग‍ोपनियताको सपथ ग्रहण गरे लगत्तै रास्वपाले सांसद साहलाई आफ्नो संंसदीय दलको नेता बनाउने बताइएको छ ।

गत फाल्गुण २१ गतेको प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाल ेआफ्ना बरिष्ठ नेता बालेन्द्र साहलाई प्रधानमन्त्री घोषणा बनाउने घोषणा गरि चुनावमा भाग लिएको थियो ।

गत फाल्गुण २१ गते सम्पन्न प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभामा रास्वपाका (१२५+५७) १८२, नेपाली कांग्रेसका (१८+२०)३८, नेकपा (एमाले)का (९+१६) २५, नेपाली कम्युनिष्ट पार्टीका (८+९)१७, श्रम संस्कृति पार्टीका (३+४)७, राप्रपाका (१+४)५ र स्वतन्त्र १ जना सदस्य निर्वातित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *