राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण मुख्य कारोबार गर्ने सहकारीको दर्ता अभिलेखीकरण गर्ने समय २०८२ चैत्र १७ गतेसम्म थप गरेको छ । सो प्राधिकरणको यही फाल्गुण ९ गतेको निर्णय अनुसार उक्त समयावधि थप गरेको आज जारी भएको सूचनामा उल्लेख छ ।


गत मंसिर १० गतेदेखि आजसम्मको लागि उक्त प्राधिकरणले बचत तथा ऋण मुख्य कारोबार गर्ने सहकारीको दर्ता अभिलेखीकरणको समयावधि तय गरेपनि यो अवधिमा सञ्चालनमा रहेकामध्ये अति थोरै सहकारीको मात्र दर्ता अभिलेखीकरण भएकोले दर्ता अभपलेखीकरणको समय थप गरेको हुन सक्ने कतिपय सरोकारवाला बताउछन् तर राष्ट्रिय सहकारी नियमन प्राधिकरणले भने बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको दर्ता अभिलेखीकरण हुने क्रम चलिरहेकोले दर्ता अभिलृखीकरणको समय थप गरेको जनाएको छ ।
यता कतिपय बचत तथा ऋण सहकारी संंस्थामा आवद्ध सहकारीकर्मीहरुले बचत तथा ऋण सहकारी संस्था बाहेक अन्य विभिन्न उद्देश्य बोकेका सहकारीमध्ये अधिकांश सहकारीले दर्ता भए अनुसारको आफ्नो उद्देश्य अनुरुपको कार्य नगरी बचत तथा ऋणको नै मुख्य कारोबार गरिरहेका भएपनि तिनलाई चाहिँ छाडेर बचत तथा ऋण सहकारीलाई मात्रै राष्ट्रिय सहकारी नियमन प्राधिकरणले दर्ता अभिलेखीकरण गरेको भन्दै असन्तुष्टि प्रकट गरेको देेखिएको छ ।





