रास्वपा सभापति रवि लामिछाने संसदीय दलको नेता चयन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सर्वसम्मत रुपमा सो पार्टीक‍ो संसदीय दलको नेता चयन हुनुभएक‍ो छ । आज बसेको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेता र सांसद निशा डाँँगीलाई सचेतक बनाउने निर्णय गरेको बताइएक‍ो छ । यो पार्टीको संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र प्रमुख सचेतकमा भने यस अघि नै सांसद सन्तोष परियार चयन भइसक्नुभएको थियो ।

आजै बसेको उक्त दलको केन्द्रीय समिति बैठकले सभापति लामिछानेलाई संसदीय दलको नेता बनाउने निर्णय गरे अनुरुप उहाँलाई संसदीय दलको नेता चयन गरेक‍ो जनाइएक‍ो छ ।

रास्वपा, केन्द्रीय समितिले सरकारबारे भने आउदो शुक्रबार निर्णय गर्ने बताइएको छ ।

Leave a Reply