लोकेश्वर साकोसको १८औं वार्षिक साधारण सभा सम्पन्न

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.,इताछें, भक्तपुरको १८औं वार्षिक साधारण सभा २०८२ कार्तिक २९ गते शनिबार सम्पन्न भयो । उक्त संस्थाका अध्यक्ष राजन जतिको अध्यक्षतामा सम्पन्न सो साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको निर्देशन पालना गरि सम्पन्न भएको हो । साधारण सभाको सोही संस्थाकी जेष्ठ सदस्य रत्नमाया पुलाँकीले दीप प्रज्वलन गरि उद्घाटन गर्नुभयो ।

साधारण सभाको अध्यक्षता गर्दै सो संस्थाका अध्यक्ष जतिले सहकारी संस्था सामूहिक थलो भएकोले सबैको साथ र सहयोगले मात्र प्रगतिको बाटोमा अगाडि बढ्न सक्ने विचार व्यक्त गर्नुभयो । लोकेश्वर बचत तथा ऋण सहकाी संस्था लि.को गतिविधि, वित्तीय अवस्था र भावी कार्यक्रमको बारेमा प्रकाश पार्दै उहाँले ‘स्थापनाकालदेखि नै हाम्रो यो संस्थाले पारदर्शी रुपमा आर्थिक क्रियाकलाप गर्दै आएको छ’, भन्नुभयो ।

साधारण सभामा सोही संस्थाका संस्थापक अध्यक्ष तथा भक्तपुर नगरपालिका सहकारी अनुगमन समिति सदस्य श्यामसुन्दर मातांले लोकेश्वर साकोसको प्रगतिप्रति प्रशन्नता व्यक्त गर्दै सहकारीको आवश्यकता र महत्वको बारेमा प्रकाश पार्नुभयो । उहाँले देको मिजा इतापाके जग्गा एकीकरण आयोजनाको बारेमा चर्चा गर्दै सामाजिक सञ्जालमा हालको आयोजनाको बारेमा आएका समाचारको खण्डन गरि यसबारेमा स्पष्ट पार्नुभयो ।

सो अवसरमा त्यसै संस्थाका संस्थापक सदस्य रविन्द्र खर्बुजाले सहकारीमा भइरहेको विकृति र विसंगतिको चर्चा गर्दै आगामी दिनमा थप प्रगतितर्फ उन्मुख हुन अहिले जसरी नै यस संस्थाले थप सजग हुनु पर्नेमा जोड दिनुभयो । उहाँले भक्तपुरमा आवास योजनाको पृष्ठभूमिको बारेमा चर्चा गर्दै समस्यासँगै समाधानका उपाय आउने धारणा व्यक्त गर्नुभयो ।

साधारण सभामा त्यसै संस्थाका लेखा सुपरीवेक्षण समिति संय‍जक लक्ष्मीभक्त दुवालले संस्थाको आ.व.२०८१/०८२ को लेखा सपरीवेक्षण समितिको प्रतिवेदन, सचिव राजु छुकांले संस्थाको आ.व.२०७१/०७२ को वार्षिक प्रगति प्रतिवेदन र भावी नीति तथा कार्यक्रम र कोषाध्यक्ष पुण्यराम स्वगमिखाले संस्थाको आ.व.२०८१/०८२ को आर्थिक प्रगति प्रतिवेदन पेश गर्नुभयो । शेयर सदस्यहरु बीच छलफल गरि साधारण सभाबाट ती प्रतिवेदन सहित बाह्य लेखापरीक्षकको प्रतिवेदन तथा आ.व.२०८२/०८३ को अनुमानित बजेट पारित गरियो ।

८४,२५ प्रतिशत शेयर सदस्यहरुको उपस्थिति रहेको साधारण सभामा उक्त संस्थाका उपाध्यक्ष प्रनेश बाटी , सञ्चालक गोपालकृष्ण खर्बुजा र प्रबन्धक प्रशान्त मानन्धरले पनि मन्तव्य व्यक्त गर्नुभऐको थियो ।

साधारण सभामा त्यस संस्थाका आ.व.२०८१/०८२ का असल नियमित बचतकर्ता, असल बाल बचतकर्ता , असल ऋणी र अधिक सदस्यता वृद्धि गर्न सफल सदस्यहरुलाई सम्मान गरिएको थियो ।

साधारण सभाको झलक

Leave a Reply

Your email address will not be published. Required fields are marked *