विहान ७ बजेबाट मतदान शुरु हुदै

आज देशभर प्रतिनिधि सभाको निर्वाचन हुन हुदैछ । मतदान विहान ७ बजेबाट शुरु हुने बताइएको छ । निर्वाचनका लागि विहान सबेरैदेखि मतदाताहरु सम्बनधित मतदान केन्द्रमा लाइनमा बसेका छन् ।

विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदाता नामावलीमा नाम भएको मतदाताले सम्बन्धित मतदान केन्द्रमा लाइनमा बसेमा मतदान गर्न सक्ने निर्वाचन आयोग नेपालले जनाएको छ । शान्तिसुरक्षाको प्रबन्ध राम्रो भएकोले निर्धक्क भएर मतदान गर्न मतदातालाई नेपाल सरकार र निर्वाचन आयोग नेपालले आग्रह गरेका छन् । यो पटकको निर्वाचनमा १ करोड ९० लाख मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *