सप्तकोशीमा खस्य‍ो ट्रक, दासढुङ्गामा वस दुर्घटना

आज विहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३००७ नं.को ट्रक कोशी व्यारेजको सुनसरीतर्फको भागको पुलबाट सप्तकोशी नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । विहान ७:४० बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नं.को बससँग सो ट्रक ठ‍ोक्किदा सुनसरी र सप्तरी जिल्ला ज‍ोड्ने कोशी व्यारेजको पुलमाथि सो ट्रक ठोकिदा उक्त पुलको १० नं. ढोकामाथिको बार भत्काएर उक्त ट्रक नदीमा खसेको बताइएको छ । ट्रकमा सवार तीनै जनालाई डोरीको सहायताले सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ । उक्त ट्रक यतिबेला भने देखिन छाडेको प्राप्त खबरमा उल्लेख छ ।

दासढुङ्गा नजिकै बस दुर्घटना, १९ जना घाइते

आज विहान ५ बजेतिर झापाको काकडभिट्टाबाट काठमाडौं तर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ५२३७ नं.को यात्रुबाहक बस पृथ्वी लोकमार्गको रामनगर- मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको दासढुङ्गा नजिकै दुर्घटना भएको र त्यसमा सवार ४० जनामध्य चालक सहित १९ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार गरिएको प्रहरीको भनाइ छ । उपचा, पछि उनीहरुको स्वास्थ्य अवस्था सामनन्य रहेको बताइएको छ ।

अनियन्त्रित भइ सडकबाट १० जति तल खसेको बस रुखमा अड्किएको प्रत्यक्षदर्शीको भनाइ छ ।

Leave a Reply