ट्याक्टर दुर्घटनामा परी ३ जनाको निधनले चैनपुर शोकमा

चैनपुर/ संखुवासभाको चैनपुर नगरपालिका-१० , दुमकटा स्थित लेगुवा-खाँदबारी सडक खण्डमा शुक्रबार अन्दाजी १३:०० बजे भएको को २ त ३९६१ नम्बरको ट्याक्टर दुर्घटनामा परी घाइते भएका ३ जनाको उपचारको क्रममा दु:खद निधनले यतिबेला चैनपुर शोकमा डुबेको छ । निधन हुनेमा चैनपुर नगरपालिका-९ का ६६ वर्षीय खड्गबहादुर भण्डारी र ४६ बर्पीय केशव कार्की तथा सोही नगरपालिका-१० का २४ बर्षीय गंगाबहादुर तामाङ रहेका छन् । दिवंगत कार्की र तामाङको मनकामना सामुदायिक अस्पताल , तुम्लिङटारमा शुक्रबार दिउसो र भण्डारीको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गए राती उपचारको क्रममा निधन भएको प्रहरीलै जनाएको छ ‌। शुक्रबार संखुवासभाको खराङबाट मलामीलाई खाजा बोकी पिलुवा खोलामा गई मृतकको दाह संस्कार सकी पुन: मलामी बोकी फर्किने क्रममा अचानक लोडपिन भाच्चिन गई दुमकटा स्थित सडकको बायापट्टी सो ट्याक्टर दुर्घटना हुदा त्यस ट्याक्टरमा सवार ४४ जना घाइते भएका थिए । घाइतेहरुलाई उपचारका लागि संखुवासभा जिल्ला अस्पताल खाँदबारी र मनकामना सामुदामिक अस्पताल , तुम्लिङटार लगिएको थियो भने त्यसै ट्याक्टरका चालक चैनपुर नगरपालिका-१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई अस्थायी प्रहरी चौकी, सभापोखरीले नियन्त्रणमा लिएको थियो ‌। उपचारका लागि ‌‌‌मनकामना सामुदायिक अस्पताल , तुम्लिङटारमा लगिएका मध्ये दिवंगत भण्डारी सहित ६ जनाको त्यहाँ उपचार सम्भव नभएपछि उनीहरुलाई वी.पी. कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो ।

Leave a Reply