राष्ट्रिय किताबखानाबाट समयमा जागीर अवकासको जानकारी नपाएका शिक्षक र कर्मचारी अवकासपछि तनावमा

राष्ट्रिय किताबखानाबाट शिक्षक र कर्मचारीको जागीर अवकासको जानकारी समयमा नपाउदा उमेरहदले सरकारी सेवाबाट अवकास पाएका कतिपय शिक्षक र कर्मचारी बढी अवधि सरकारी सेवामा रहने गरेको र जागीरबाट अवकास भएपछि उनीहरु बढी अबधि सरकारी सेवामा रहदा खाइपाइ आएको तलब सुविधा दामासाहीले फिर्ता गर्न बाध्य भएको देखिएको छ । राष्ट्रिय किताबखानाले सरकारी सेवाबाट अवकासपछि शिक्षक र कर्मचारीलाई नियमानुसार प्रदान गर्ने निबृत्तिभरण या उपदान सुबिधा प्रदान गर्नु अघि उनीहरुबाट कानुनमा व्यवस्था भए भन्दा बढी समय खाएको जागीरको सबै तलव सुविधा असुल उपर गर्ने गरेका छन् । राष्ट्रिय किताबखानाको सो कार्यप्रति चित्त नबुझेर अदालत गएका बझाङको थलरास्थित श्री थलरा माध्यमिक विद्यालयका पूर्व शिक्षक धनबहादुर विष्ट लगायतले सर्वोच्च अदालतलमा मुदधा दायर गरी उक्त मुद्धा जितेर राज्य कोषमा फिर्ता गर्नु पर्ने भनिएको रकम फिर्ता गर्नु नपरेको र राष्ट्रिय किताबखानाबाट अवकासपछि पाउने सुविधा लिएको देखिएको छ

तर राज्यले सर्वोच्च अदालतले गरेका ती फैसलालाई नजिरको रुपमा आत्मसात गरि अरु शिक्षक र कर्मचारीले झेलिरहेका त्यस्तै प्रकृतिका समस्या समाधान गर्न तदारुपता नदेखाएकोले सक्नेले वकिल मार्फत न्यायका लागि अदालत जाने र नसक्नेले राष्ट्रिय किताबखानाले भने बमोजिमको रकम फिर्ता गर्ने क्रम चलिरहेको पीडितहरुको भनाइ छ । सरकारी सेवाबाट उमेरहदले अवकास पाउने शिक्षक र कर्मचारीले समयमा राष्ट्रिय किताबखानाबाट आफूले सरकारी सेवाबाट अवकास पाउने जानकारी समयमा नपाएका कारणले बढी समय सरकारी सेवामा रही त्यस बापत प्राप्त गरेको रकम राज्य कोषमा जम्मा गर्नु पर्ने अवस्था आयो भने त्यसरी जम्मा गर्नु पर्ने रकम सम्बन्धित शिक्षक वा कर्मचारीबाट नभइ राष्ट्रिय किताबखानाका कर्मचारीको जायजेथाबाट असुलउपर हुने व्यवस्था हुनु पर्ने सरोकारवालाहरुको भनाइ छ ।

यता राष्ट्रिय किताबखानाका कर्मचारीहरु भने नेपाली नागरिकताको प्रमाण-पत्र र शैक्षिक प्रमाण-पत्रमा उल्लेख भएको जन्म मितिको फरक १ वर्षसम्म भएका कर्मचारी र शिक्षकका लनगि यस खाले समस्या नहुने बताउछन् ।

नागरिकता या शैक्षिक प्रमाण-पत्रमा उल्लेख भएको जन्म मिति जुनमा अगाडि छ , त्यसै आधारमा निजामती कर्मचारीले ५८ र शिक्षकले ६० वर्षमा सरकारी सेवाबाट अवकास पाउने कानुनी व्यवस्था छ तर धेरै पहिले लिएकाहरुको नेपाली नागरिकताको प्रमाण-पत्रमा जन्ममितिको साल , महिना र गते उल्लेख नभइ वर्ष मात्रै उल्लेख हुदा उनीहरुको शैक्षिक प्रमाण-पत्र र नेपाली नागरिकताको प्रमाण-पत्रमा उल्लखित जन्म मिति फरक फरक उल्लेख भएको देखिन्छ , जसले गर्दा धेरैलाई अन्यौल बनाएको जानकारहरु बताउछन् । नेपाली नागरिकताको प्रमाण-पत्रमा उल्लेख भएको साल, महिना र गते उल्लेख नभइ वर्ष मात्रै उल्लेख भएका एकै व्यक्तिलाई फरक फरक सरकारी कार्यालयले प्रदान गरेका कागजातमा उल्लेख भएको जन्म मितिको साल फरक फरक भएको रहेको पाइएको छ ।

Leave a Reply