भक्तपुर जिल्ला बचत संघको आयोजनामा पल्र्स अनुगमन प्रणाली तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को वित्तीय सेवा प्रबर्द्धन उपसमितिको आयोजनामा यही फाल्गुण ९ गते पल्र्स अनुगमन प्रणाली तालिम लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.को सभा हल, बाराहीस्थान, भक्तपुरमा सम्पन्न भयो ।

उक्त संघका कोषाध्यक्ष एंव सोही उपसमितिका संयोजक कान्छाभक्त घजुले सहकारी संस्थाको वित्तीय स्वस्थता मापन गर्ने महत्वपूर्ण औजार पल्र्स भएकोले यसको प्रयोगले संस्था वित्तीय दुर्घटना हुनबाट बच्ने विचार व्यक्त गर्नुभयो । उहाँले हाल बचत तथा ऋण सहकारी संस्थामा समस्या देखिनुको कारण पल्र्स अनुगमन प्रणाली अवलम्वन नगर्दा संस्थामा वित्तीय संकट चुलिदै गएको बताउनुभयो । उहाँले वित्तीय अनुशासन कायम गर्न बचत तथा ऋण सहकारी संस्थाले अनिवार्य पल्र्स अनुगमन प्रणालीलाई अवलम्वन गर्नु पर्नेमा जोड दिनुभयो ।
त्यसै अवसरमा सोही संघका व्यवस्थापक एंव तालिमका सहजकर्ता बालकृष्ण धोजुले बचत तथा ऋण सहकारी संस्थाले अनिवार्य अवलम्वन गर्नुपर्ने पल्र्स अनुगमन प्रणाली संस्थाका सञ्चालक, लेखा, कर्मचारी र सदस्यले समेत थाहा पाउनु आवश्यक रहेको विचार व्यक्त गर्दै यसबाट कुन सहकारी राम्रो छ भनी पहिचान गर्न सकिने भएकोले सदस्यले आफ्नो बचतको सुरक्षाको लागि पनि पल्र्स अनुगमन प्रणाली बारे थाहा पाउनु जरुरी रहेको बताउनुभयो ।
सोही उपसमितिका सदस्य राजकुमार लघुले तालिम समापन कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै यो तालिममा सिकेका कुरा सहकारी संस्थामा व्यवहारिक प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले पल्र्स अनुगमन प्रणालीबाट संस्थाको नियमित अनुगमनले समस्या देखिएको क्षेत्रमा तुरुन्त समाधान गरे मात्र पल्र्स अनुगमन प्रणालीको अवलम्वनले सार्थकता पाउने विचार व्यक्त गर्नुभयो ।


त्यस संघमा आबद्ध सहकारी संस्थाहरु मध्येबाट १४ जना प्रतिनिधिको सहभागिता रहेको सो तालिममा सहभागीले संस्था सञ्चालनका लागि पल्र्स अनुगमन तालिम अति आवश्यक रहेको बताउदै तालिमबाट संस्थाको सदस्य सुरक्षा, प्रभावकारी वित्तीय संरचना, सम्पत्ति गुणस्तर, लागत र प्रतिफल, तरलता, बृद्धि विकास लगायतका उपयोगी विषयमा सिक्न पाएकोमा खुशी व्यक्त गरे । तालिमको समापन कार्यक्रमको सञ्चालन त संघका उपसमितिका सदस्य राजाराम गोसाईले गर्नुभयो ।त्यसै अवसरमा तालिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *