प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचन २०७९ माघ ७ गते शनिबार हुने प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले हस्ताक्षर गरी प्रकाशित गरिएको सूचनामा उल्लेख छ । उक्त सूचना अनुसार २०७९ माघ ६ गत शुक्रबार दिउसो १ बजेदेखि ४ बजेसम्म उपसभामुख पदमा उम्मेद्वार मनोनयन गर्न सकिने , सोही दिन अपरान्ह ४:१५ बजे उपसभामुख पदका उम्मेद्वारको नामावली प्रकाशन हुने र २०७९ माघ ७ गते शनिबार दिउसो संघीय संसद भवनमा बस्ने प्रतिनिधि सभाको बैठकमा उपसभामुखको चुनाव हुने छ । प्रस्तावित उपसभामुख पदका उम्मेद्वारले एक प्रति फोटो र नागरिकताको प्रतिलिपि मनोनयन पत्रका साथ सम्लग्न हुनु पर्नेछ जनाइएको छ ।
आजको प्रतिनिधि सभाको बैठकबाट सभामुखमा नेकपा (एमाले)का झापा क्षेत्र नं.२ बाट निर्वाचित सांसद देवराज घिमिरे निर्वाचित भए लगत्तै प्रणिनिधि सभामा सभामुखको भूमिका निर्वाह गरिरहेको प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले उपसभामुख पदको निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको थियो । सोही अनुसार उपसभामुखको निर्वाचन कार्यक्रम अगाडि बढाएको प्रतिनिधि सभा श्रोतको भनाई छ ।





