हिजो प्रतिनिधि सभाको सभामुख बनेका देवराज घिमिरे आज विहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट सभामुखको पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । त्यस अवसरमा प्रधानमन्त्री प्रचण्ड लगायतको उपस्थिति रहेको थियो ।
झापा क्षेत्रबाट २ बाट नेकपा (एमाले)का तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेका घिमिरेले सपथ ग्रहण लगत्तै सभामुखको पदभार ग्रहण गर्ने बताइएको छ ।
सभामुखमा चयन भए लगत्तै घिमिरेले आफू नेकपा (एमाले)को सबै जिम्मेवारीबाट मुक्त भई स्वतन्त्र भएको बताउनुभएको छ ।
सभामुख घिमिरे २०५४ देखि २०५८ सालसम्म ६ वर्ष राष्ट्रिय सभा सदस्य बन्नुभएको थियो । सभामुख घिमिरेकै निर्यायक मतबाट २०५३ सालमा एकीकृत महाकाली सन्धि संसदबाट अनुमोदन गर्नु पर्ने प्रस्ताव तत्कालीन नेकपा (एमाले)को केन्द्रीय कमिटीले पारित गरेको थियो , त्यही कारण २०५३ असोज ४ गते संसदको दुई तिहाई बहुमतबाट एकीकृत महाकाली सन्धि अनुमोदन भएको थियो । त्यही गुनको उपहार स्वरुप: घिमिरे २०५४ सालमा ६ वर्षका लागि राष्ट्रिय सभा सदस्य र अहिले प्रतिनिधि सभाको सभामुख बन्ने अवस्था बनेको कतिपय जानकारहरुको भनाई छ ।





