उपसभामुख उम्मेद्वार मुक्ता यादवको पक्षमा मतदान गर्न सांसदहरुलाई नेपाली कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले आफ्ना प्रतिनिधि सभा सदस्यहरुलाई प्रतिनिधि सभाको उपसभामुख पदकी उम्मेद्वार मुक्ताकुमारी यादवको पक्षमा मतदान गर्न निर्देशन गरेको छ । सो पार्टीका प्रमुख सचेत रमेश लेखकले आज दिउसो प्रतिनिधि सभाको बैठकमा उपसभामुख चयनका लागि हुने मत विभाजनमा यादवको मतदान गर्न ह्वीप जारी गर्नुभएको हो ।

नेपाली कांग्रेसकी समानुपातिक सांसद मुक्ताकुमारी यादवले शुक्रबार प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेद्वार मनोनयन गर्नुभएको छ । उहाँको उम्मेद्वार मनोनयनमा नेपाली कांग्रेसका सांसद बद्री पाण्डे प्रस्तावक तथा नेकपा (एस)का सांसद मेटमणि चौधरी र लोसपाका सांसद सर्वेन्द्रनाथ शुक्ल समर्थक हुनुहुन्छ ।

उहाँसँगै सत्ता गठबन्धनको समर्थनमा रास्वपाकी समानुपातिक सांसद इन्दिरा राना मगर पनि प्रतिनिधि सभाको उपसभामुख पदको उम्मेद्वार हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *