नेपाली कांग्रेस १ नं. प्रदेश सभा दलका नेता उद्धव थापाले सोही पार्टीका १ नं. प्रदेश सभा सदस्य भुपेन्द्र राईलाई नेपाली कांग्रेसको सोही प्रदेश सभा दलको प्रमुख सचेतक नियुक्त गरेको जनाइएको छ । खोटाङ (ख)बाट १ नं. प्रदेश सभा सदस्य निर्वाचित राई नेपाली कांग्रेसको १ नं प्रदेश कार्य समितिका सचिव समेत हुनुहुन्छ । १ नं. प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक तर्फबाट निवार्चित गरी नेपाली कांग्रेसका २९ जना सदस्य छन् ।





